दोलखाको मुख्य चोकमा छैन सार्वजनिक शौचालय, खुल्ला दिशामुक्त घोषणा कागजमै सिमित
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
७४ वटा वडाको केन्द्रबिन्दु दोलखाको मुटु मानिने दोलखा सदरमुकाम चरिकोटमा एउटा पनि ;fj{hlgs शौचालय छैन ।
९ वटा पालिकाको ७४ वटा वडा आवतजावत गर्ने मुख्य शहरमा हालसम्म पनि शौचालय नहुदा सबैभन्दा बढी मार यात्रुलाई परेको छ ।
शौचालय नहुदा सदरमुकाम चरिकोट आवतजावत गर्ने यात्रुहरु तथा पैदल यात्रु खुल्ला ठाउमा दिशापिसाब गर्न बाध्य छन ।
दोलखालाई खुल्ला दिशामुक्त घोषणा गरेको ३ वर्ष बित्यो तर घोषणा भने कागजमात्र सिमित छ । शौचालय जानै परेर गाहो परे होटल तथा पसलमा आग्रह गरेपनि कसैले पनि शौचालय प्रयोग गर्न नदिने गरेको यात्रुहरुको दुखेसो छ ।
दिशा वा पिसाव आइहाले होटलमा केही खान वा पसलमा केही किन्नुपर्ने बाध्यता सदरमुकाम आएका यात्रुहरुको छ ।
२ वर्षअघि सशुल्क सार्वजनिक शौचालय प्रयोगमा रहेपनि हाल सो स्थानमा भिमेश्वर नगरपालिकाले व्यवसायिक भवन निर्माण गरेको छ ।
व्यवसायिक भवनमा सार्वजनिक शौचालय निर्माण भएकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी रहेको भिमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरको दावी छ ।
भिमेश्वर नगरपालिका अन्तगर्त पर्ने सदरमुकाम चरिकोटबाट दोलखाको ७ गाउपालिका र १ नगरपालिकामा यात्रुबाहक बसहरु छुटने गरेका छन ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...