दोलखामा २१ हेक्टर सार्वजनिक जग्गा अतिक्रमण, सम्बन्धित निकाय मौन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखामा सार्वजनिक जग्गा हडपेर मानव वस्ती बसाल्ने क्रम बढदो छ । तर सरोकारवाला निकाय बेखबर जस्ते बनेर बसेको छ ।
दोेलखाको ९ वटा पालिकाको विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर मानव वस्ती संगसंगै विभिन्न संरचना निर्माण गर्ने क्रम बढदो छ ।
जिल्लाको ९ वटा पालिकाको विगु गाउपालिका बाहेक ८ वटा पालिकाको जग्गा अतिक्रमण हेर्ने जिम्मा डिभिजन वन कार्यलय दोलखाको हो तर वन कार्यलय दोलखामा स्थानीय सरकार आएदेखी हालसम्म कति वन अतिक्रमण भयो भन्ने एकिन तथ्याङक छैन ।
डिभिजन वन कार्यलय दोलखाको तथ्याङक अनुसार जिल्लाको कालिञ्चोक गाउपालिकाको कालिञ्चोकको कुरी लगायत ३ स्थानमा सार्वजनिक जग्गा अतिक्रमण सबैभन्दा बढी छ ।
कालिञ्चोकमा सबैभन्दा बढी ९ दशमलब ४५ हेक्टर सार्वजनिक जग्गा अतिक्रमण भएको छ भने शैलुङ गाउपालिकामा ३ दशमलब ५, भिमेश्वर नगरपालिकामा ३, मेलुङमा २ दशमलब ६७, तामाकोशीमा १ दशमलब ५ हेक्टर अतिक्रमण भएको छ
त्यस्तै वैत्यश्वरमा १ दशमलब २ प्रतिशत जग्गा अतिक्रमण भएको छ । दोलखामा २१ दशमलब ३२ हेक्टर सार्वजनिक जग्गा अतिक्रमण भएको छ
पछिल्लो समयमा स्थानीय तहमा अतिक्रमण बढदै गएपनि जग्गा नापचाजको काम नभएको डिभिजन वन कार्यलय दोलखाका निमित्त प्रमुख सुमन घिमिरेले बताउनुभयो ।
सार्वजनिक जग्गा मिचिने क्रम बढेपनि जिल्ला प्रशासन कार्यलय र डिभिजन वन कार्यलय वेखबर जस्तै बनेको छ ।
अतिक्रमण हटाउन राजनितिक सहमती पनि आवश्यक पर्ने प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनुभयो ।
दोलखामा स्थानीय सरकारले सार्वजनिक जग्गा मिचेर नै विभिन्न पुर्वाधार देखी भौतिक संरचना निर्माण गर्दा समेत सरोकारवाला निकाय मौन रहेको नागरिक समाजको आरोप छ
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...