भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

दोलखामा पृथ्वी जयन्ती दिवस सम्पन्न

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

पुष २७
राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री प्रकाश रिमालले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनु भएको छ । दोलखाको सदरमुकाम चरिकोटमा ३०१ औं पृृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि रहनु भएका रिमालले पृथ्वी नारायण शाहकै अभियानको कारण आजको सुखद समय आउन सफल भएको बताउनु भएको हो ।

सहमहामन्त्री रिमालले भन्नुभयो,“तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आज सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भयौं ।”
लेनिन र माओको फोटोमा पूजा गर्नेहरु राष्ट्रनिर्माताको तस्वीरमा माल्यार्पण गर्न डराउने अवस्था हुनु दुर्भाग्यपूणर््ा रहेको उहाँको भनाइ छ । आगामी दिनमा सडक, सदन तथा सरकारमा रहेर हिन्दुराष्ट्र र राजसंस्था स्थापना तथा संघियता खारेजीको मुद्दा उठाउने राप्रपाको एजेण्डा धारणा समेत सार्वजनिक गर्नुभयो । संसदमा आफ्नो दलको दर्विलो उपस्थितिका कारणनै पुस २७ गते पृथ्वी जयन्तीको उपलक्ष्यमा सार्वजनिक विदा दिन सरकार बाध्य भएको सहमहामन्त्री रिमालले दाबी गर्नुभयो । राप्रपाले आगामी दिनमा सडक, सदन तथा सरकारमा रहेर हिन्दुराष्ट्र र राजसंस्था स्थापना तथा संघियता खारेजीको मुद्दा उठाउने उहाँको भनाई थियो ।


कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका राप्रपाका केन्द्रीय सहायक महामन्त्री विजय खड्काले नेपालको सन्दर्भमा पृथ्वीनारायण् शाहको योगदानको चर्चा गर्दै राप्रपाका एजेन्डाहरुमा आमनेपाली सहमत हुँदै गएको प्रमाण यो पटकको निर्वाचनमा राप्रपाले हाँसिल गरेको सफलताले दिएको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिपशंकर चौलागाईंले नेपाल राष्ट्रको एकिकरण गरी नेपाल र नेपालीलाई विश्वमा चिनाउने पृथ्वीनारायण शाहको योगदान नेपालको इतिहासमा अतुलनीय रहेको बताउनु भएको थियो ।

कार्यक्रममा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष होम आपागाँई, कालिञ्चोक गाउँपालिका कमिटी अध्यक्ष भाष्कर पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले पञ्चेवाजाका साथमा विभिन्न झाँकी सहित नगरपरिक्रमा पछि सातदोवाटो चोकमा विशेष आमासभाको आयोजना गरेको हो । कार्यक्रममा जिल्लाबासीको उल्लेख्य सहभागिता रहेको थियो ।
यस अगाडि विहान चियापान कार्यक्रम समेत गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जनाएको छ । ।

 

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.