भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

सञ्चार माध्यमको समस्यामा केन्द्रित-नेपाल पत्रकार महासंघ दोलखाको एघारौँ साधारण सभा

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

नेपाल पत्रकार महासंघ दनेपाल पत्रकार महासंघ दोलखाको एघारौं साधारण सभा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा, दोलखाद्वारा आयोजित सभामा प्रतिनिधि सभा सदस्य गंगा कार्कीले सञ्चार क्षेत्रको विकास एवं प्रेस स्वतन्त्रताका लागि आफू प्रतिवद्ध भएको बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा रहनु भएका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले आफू धेरै नबोल्ने तर काम गरेर देखाउने बताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“दोलखाको विकास र सम्बृद्धिका सन्दर्भमा आफू प्रतिवद्ध भएर लाग्छु,बोलेर होइन गरेर देखाउँछु । ” खोजमूलक र तथ्यपरक सूचना दिने कुरामा दोलखाको पत्रकारिता अझै सुदृढ हुन दोलखा पत्रकार महासंघलाई सुझाव दिँदै दोलखाका सञ्चार गृह र पत्रकारिता क्षेत्रको विकास गर्न योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा विशेष अतिथिको रुपमा रहनु भएका जिल्ला समन्वय समिति प्रमुख वर्जुराम घतानीले दोलखाका सञ्चार माध्यमको संस्थागत विकासका लागि ठोस कार्यक्रम बनाएर नीतिगत व्यवस्था गर्ने कुरामा समन्वय गर्ने प्रतिवद्धता जनाउनु भयो ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईँको अध्यक्षतामा भएको कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले व्यक्तिगत स्वार्थलाई त्यागेर अनुशासित पत्रकारिता गर्न पत्रकारलाई सुझाव दिनुभयो । असल मनसायले पत्रकारिता गर्नुहोस्,दोलखाका सञ्चार माध्यम बचाउने जिम्मा हाम्रो भयो— शिवाकोटीले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले निष्पक्ष, एवं खोजमुलक समाचार सम्प्रेषण गरेमा सञ्चार जगत सदैव विश्वसनीय रहने उल्लेख गर्दै सञ्चार क्षेत्रको विकास नै सुशासन र समृद्धिको आधार भएकाले सञ्चारगृहको विकास स्थानीय सरकारको दायित्व भएको धारणा राख्नुभयो ।

नेपाल प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्केले लोकतन्त्र स्थापनामा पत्रकारको पनि उल्लेखनीय भूमिका भएको स्मरण गर्दै पत्रकारको समस्यामा संवेलनशील हुन स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा आफ्नो धारण राख्दै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रमेश खतिवडाले स्थानीय स्तरमा सञ्चालित सञ्चारमाध्ययमहरुको संस्थागत विकासका लागि सञ्चार नीति बनाएर काम गर्न स्थानीय सरकारसंग आग्रह गर्नुभयो ।  पत्रकारिताको क्षेत्रमा उर्वर जिल्लाको पहिचान निरन्तरताका लागि दोलखाको पत्रकारिता संस्थागत रुपमा अगाडि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश कमिटिका सदस्य श्याम प्रसाद खतिवडा,प्रेस सेन्टर केन्द्रिय समिति सदस्य लक्ष्मण खड्का,प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल,नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष जीवन लामा लगायले पारदर्शी रुपमा स्थानीय सञ्चार गृहलाई सहयोग गरी दोलखाको पत्रकारितालाई बचाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईँ,नेपाल बार एसोसियसनका अध्यक्ष कृष्ण बस्नेतले शुभकामना व्यक्त गर्नुभयो ।

साधारण सभाको अवसरमा कोभिड १९ को समयमा खोप लगायर सहयोग गर्ने २ स्वास्थ्य कर्मीको सम्मान गरेको छ । सम्मानित हुनेहरुमा स्वास्थ्यकर्मी उर्मिला चौलागाईँ र प्रतिमा भट्टराई रहनु भएको छ ।

 

छोराको स्मृतिमा पत्रकारिता पुरस्कार घोषणा

नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईँले दिंवगत छोराको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ शाखा दोलखाको ११ औ साधारण सभाको अवशरमा दिवंगत छोराको सम्झनामा ‘सुप्रिम स्पन्दन स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने उद्घोष गर्नु भएको हो । पुरस्कारको लागि ५० हजार अक्षय कोष स्थापना गरी पुरस्कार प्रदान गर्ने बताउनु भएको हो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.