भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

विष्णुलक्ष्मी साहित्यिक सम्मान २०७९ –रविन्द्र तमाङलाई

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

चरिकोट, १ माघ
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक वर्ष माघ १ गते प्रदान गर्दै आएको विष्णुलक्ष्मी÷तुलसीमाया साहित्य सम्मान २०७९ साहित्यकार रविन्द्र तमाङलाई प्रदान गरिएको छ । पत्रकार चिरञ्जीवी मास्केले आफ्ना आमाहरु विष्णुलक्ष्मी श्रेष्ठ (कर्म दिने) र तुलसीमाया मास्के (जन्म दिने) को नाममा स्थापना गर्नु भएको यो पुरस्कार यो वर्ष तमाङलाई प्रदान गरिएको हो ।
पत्रकार मास्केले आपनो जन्मदिनको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आउनु भएको छ । हालसम्म ११ जना स्रष्टाले सम्मान प्राप्त गरिसकेका छन् ।

कार्यक्रमको अवसरमा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले हरेक वर्ष प्रकाशन गर्दै आएको प्रदेय साहित्यिक पुस्तकसमेत सार्वजनिक गरिएको छ । पुस्तकमा जिल्लाका ३८ जना सर्जक र स्रष्टाका लेख रचना समेटिएका छन् ।

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण तथा पुस्तक सार्वजनिक कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य भरतबहादुर केसीले कला, साहित्य र संस्कृतिको क्षेत्रको विकासले मात्र समग्र सम्बृद्धि सम्भव भएको धारणा राख्नुभयो । सांसद केसीले साहित्यिक क्षेत्रको विकाससंगै अरु विकास गर्न सकिने भन्दै राजनीनितिक रुपमा विभक्त नभएर विकासका लागि एक भएर लाग्न आवश्यक भएको बताउनु भयो । समग्र जिल्लाको विकासका लागि प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा,मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले स्थानीय तहको कला,साहित्य,भाषा,धर्म संस्कृतिको विकासका लागि वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, दोलखा संस्कृति प्रतिष्ठान दोलखाका अध्यक्ष शंकरलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति सदस्य रमेश खतिवडा,नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईँ,विष्णुलक्ष्मी पुरस्कार समितिका सचिव जीवन लामा लगायतले कला,साहित्य र पत्रकारिताको माध्यमबाट दोलखालाई चिनाउनु पर्ने धारणा राख्नुभयो ।
कवि एवं गजलकार जीत कार्की र कवि विष्णु सुवेदीले रचना वाचन गर्नु भएको थियो ।

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.