दोलखाको जिरीमा पत्रकार महासंघ वागमती प्रदेश समितिको साधारण सभा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
माघ २०
नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिको तेस्रो साधारण आजबाट दोलखाको जिरीमा शुरु भएको छ ।
साधारण सभाको वागमती प्रदेशका मुख्य मन्त्री सालिगराम जम्कट्टेलले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री जम्कट्टेलले दोलखाको विकास र पर्यटन प्रबद्र्वनको लागि प्रदेशले योजना बनाएको बताउनुभयो । जिरीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दोलखाको विकास र सम्बृद्धि प्रदेश सरकारको प्राथमिकता रहेको धारणा राख्नु भएको हो ।
नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ,पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्का, जिरी नगरपालिकाका नगरप्रमुख मित्र बहादुर जिरेल,नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, केन्द्रीय सचिव सिर्जना अर्याल, केन्द्रीय सदस्य रमेश खतिवडा, प्रेसकाउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलाईगााई र पत्रकार सम्भु गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । २१ गतेसम्म चल्ने सभामा वागमती प्रदेशका पत्रकारहरूको सहभागिता रहेको छ ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...