सत्यश्वर मावि मेलुङको ६४ औ स्थापना दिवस
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
माघ २०
सत्यश्वर माध्यमिक विद्यालय मेलुङ १ पवटीको ६४ औ स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष हिरा कुमार तमाङको प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवस एवम साधारण सभामा विद्यालयको प्रगति एवम आर्थिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद उप्रेतीले प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिलमणि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका अक्षयकोषदाता एवम समाजसेवी विदुर शर्मालाई दोसल्लासहित सम्मान गरिएको छ ।
यसैबीच विद्यालयमा लामोसमय शिक्षण सेवा गर्नुभएका पूर्व शिक्षकहरुको सम्मान गरिएको छ । सम्मानित हुनुहुनेमा भवानी प्रसाद वली,ईश्वर कोइराला,छत्रराज उप्रेती, तारानाथ उप्रेती, शोभित उप्रेती, शिवराम उप्रेती रहनु भएको छ ।
कार्यक्रमको अवसरमा विद्यालका विद्यार्थीलाई विभिन्न प्रकृतिका छात्रवृत्ति र उत्कृष्ट एवम जेहेन्दार छात्रवृत्ति वितरण गरिएको छ ।
कार्यक्रमको स्थापना दिवसलाई गाउँपालिका प्रमुख हिरा कुमार थोकर,उपाध्यक्ष गायत्री आचार्य,अक्षयकोषदाता विदुर शर्मा,गाउँपालिका प्रवत्ता एवं वडाध्यक्ष नवराज खड्का,वडाध्यक्ष ईश्वर कोइराला लगायतले सम्बोधन गर्नु भएको थियो ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...