कालिञ्चोक ८ को रुख कटान गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
माघ २७
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ८ का रुखहरु कटान नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
गाउँपालिका वडा नम्वर ८ ले वडाभित्र रहेका सम्पूर्ण जग्गा धनीहरुले आफ्नो जग्गाभित्र रहेका फलफुल तथा डालेघाँस बाहेक अन्य रुखहरु कटान गर्न लगाउने निर्णय गरेको थियो । वडाको उक्त निर्णय माथि अधिवक्ता नविन कार्की,अधिवक्ता सुजन कार्की,अधिवक्ता आलोक शिवाकोटी र कानुन विषयका विद्यार्थी श्रद्धा सापकोटाले उच्च अदालत पाटनमा रिट दायर गर्नु भएको थियो ।
उक्त रिट उपर वहस पैरवीका क्रममा उच्च अदालत पाटनका न्यायधीश राज्यलक्ष्मी बज्राचार्यको एक इजलासले आज कारण देखाउ आदेश जारी गर्दै कटान रोक्न आदेश दिएको हो । यसैबीच वडा नं ८ र सरोकारवाला पक्षलाई यही फागुन ३ गते छलफलका लागि बोलाइएको छ ।
गाउँपालिका वडा नम्वर ८ को पौष महिनाको ३ गतेको बैठकको निर्णय अनुसार वडा भित्र रहेका सम्पुर्ण जग्गा धनीहरुलले आफ्नो जग्गा धनी पुर्जा भित्र रहेका फलफुल तथा डाले घाँस बाहेक अन्य रुखहरु कटान गर्ने निर्णय गरेको थियो । सूचनामा धनीपूर्जा भित्रका रुखहरु कटानी नगरे वडा कार्यालयबाट दिईने सेवा सुविधाबाट वन्चित गराईने समेत सूचना जारी गरेको थियो । वडाले बाँदर नियन्त्रण गर्न भन्दै यस्तो निर्णय गरेको हो ।
अल्पकालीन आदेशको विस्तृत विवरण यस्तो छ ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...