भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

महिलाका लागि पञ्चेवाजा तालिम सञ्चालन

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा भीमेश्वर नगरपालिकामा दलित महिलाहरुका लागि पञ्चेवाजा तालिम सञ्चालन गरिएको छ । भीमेश्वर नगरपालिका वडा नं ५ को सहयोगमा वडाका महिलाको क्षमता विकासका साथै लोक संस्कृतिको संरक्षणका लागि तालिमको आयोजना गरिएको वडाध्यक्ष बासु श्रेष्ठले बताउनुभयो ।
भीमेश्वर नगरपालिका वडा नं ५ धरमघरमा आयोजित पञ्चेवाजा तालिम कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति एवं समाजसेवी कृष्ण बहादुर कार्कीले सञ्चार र प्रविधिले फड्को मारिरहेका बेला स्थानीय स्तरका मौलिक संस्कृति जोगाउन वडाले गरेको प्रयासको खुलेर प्रसंसा गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अथिति कार्कीले आपना मौलिक कला संस्कृति ओझेलमा पर्न नदिन पुस्तान्तरणको आवश्यकता रहेको भन्दै तालिम सफलताको शुभकामना दिनुभयो ।


पञ्चेवाजा संरक्षणमा वडाका महिलालाई व्यवसायिक बनाउने वडाध्यक्ष बासु श्रेष्ठको भनाइ छ । “पञ्चेवाजामा युवाको आकर्षण कम हुदै गएको छ । युवा समूह विदेश पलायन हुने समस्या एकातिर छ । अर्कोतर्फ महिलालाई दक्ष बनाउन र दीगो लोक संस्कृतिको संरक्षणमा महिलाको स्थायित्वको सम्भावना बढी भएको कारण तालिमको आयोजना गरिएको हो । वडाका महिलालाई नमुना पञ्चेवाजा टोलीको रुपमा विकास गर्न वडाले सकेको सहयोग गर्नेछ । ” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

स्थानीय र प्रदेश सरकारले सीप मुलक तालिमका नाममा वर्षेनी कराडौँ बजेट सकिरहेका बेला वडामा मौलिकता जोगाउदै पुस्तान्तरण गर्नुपर्छ भन्ने सकारात्मक पहल भएकोमा स्थानीय अगुवा महिला तारा नेपालीले खुसी व्यक्त गर्नुभयो । आपनै घरआँगनमा तालिम लिन पाएको भन्दै स्थानीय महिला उत्साहित भएका छन् ।

तालिममा स्थानीय भुवन नेपाली र रामकुमार नेपालीले सहनाई,कृष्ण बहादुर नेपालीले ढोलक र ट्याम्को,भक्त बहादुर नेपालीले नरसिंहा,लोक बहादुर नेपालीले दमाह र कर्नाल बजाउने तालिम दिनु हुनेछ ।  १५ दिनसम्म सञ्चालन हुने तालिमममा वडाका २० महिलाको सहभागिता रहने छ ।

राउत गाउँको रायोको साग
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.