भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

च्छो–रोल्पा अस्पतालको १७ औ वार्षिक उत्सव

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

फागुन ४
दोलखाको सदरमुकाम चरिकोमा रहेको च्छो–रोल्पाजनरल अस्पताल प्रा.लिको १७ औ वार्षिक उत्सव सम्पन्न भएको छ ।
पृथ्वी बहादुर श्रेष्ठको अध्यक्षतमा भएकोमा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले ३ करोड ४६ लाख ६६ हजार १ सय ६२ रुपैँया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु थियो ।
वार्षिक उत्सवको अवसरमा अस्पतालका उत्कृष्ट कर्मचारीहरु जीवन दुवाल, सुनिता तमाङ, अनिता थापा, रविना चौलागाई, करिश्मा लामा सम्मानित भएका छन् । कार्यक्रममा एम्बुलेन्स चालक नारायण सुवेदी,कार्यालय सहयोगीहरु वीर वहादुर थापा,पम्फा थापा,जित बहादुर दाहाल,पूर्व कर्मचारी डाक्टर सन्तोषकुमार यादव लगायतलाई सम्मान गरिएको गरिएको छ ।
अस्पताल सहयोग गर्ने स्वास्थ्य कार्यालय दोलखा,भीमेश्वर पालिकाको वडा नम्वर ६ को वडा कार्यालय,पशुपति चौलागाईं स्मृति अस्पताल दोलखा,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ,नबिल बैङ्क दोलखा, मध्यपुर अस्पताल ठिमी,जिल्ला प्रहरी कार्यालय दोलखा,तारादल गण लगायतका संघसंस्थालाई सम्मान गरिएको अस्पतालले जनाएको छ ।
सभामा भीमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धर,प्रमुख जिल्ला अधिकारी शेखर पौडेल,नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रमेश
खतिवडा,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ,अस्पतालका प्रशासन प्रमुख शर्मिला बुढाथोकी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
१ सय शैयाको अस्पतालले गुणस्तर सेवासंगै घर–घरमा सेवा सुरु गरेको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.