भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

भीमेश्वरका महिला जनप्रतिनिधिको क्षमता विकास कार्यक्रम

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको भीमेश्वर नगरपालिका कार्यपालिका सदस्य र महिला वडा सदस्यहरुका लागि एक दिने प्रभावकारी समावेशी शुसासन सुद्धढीकरण कार्यक्रम आयोजना गरिएको छ ।

दलित महिला केन्द्र नेपालको आयोजना, भीमेश्वर नगरपालिकाको समन्वय र द एसिया फाउण्डेशनको सहयोगमा भएको कार्यक्रममा नगरपालिका कार्यपालिका सदस्य र महिला वडा सदस्यहरुको सहभागीता रहेको दलित महिला केन्द्र नेपाल दोेलखाका फिल्ड अधिकृत रविन्द्र विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा नगर कार्यपालिका सदस्य र महिला वडा सदस्यहरुको नेतृत्व विकास र निर्णायक भुमिकामा अर्थपूर्ण सहभागिता बृद्धि गर्न सहज बनोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । लैंगिक समानता तथा सामाजिक समावेशीकरणको लागि महिला, दलित महिला, अपांगता भएका व्यक्ति तथा सिमान्तकृत महिलाहरुको सामुहिक पहल आवश्यकता सम्बन्धी छलफल, महिला वडा सदस्यहरु र कार्यपालिका सदस्यहरुको भूमिका र जिम्मेवारी, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि राजनीतिमा महिलाको सहभागिताको आवश्यकता, महत्व,समस्या तथा चुनौतिहरुसंगै नेतृत्वकलाका विषयमा मेन्टर कालिका पाठकले सहजीकरण गर्नुभएको थियो ।
पूर्व जनप्रतिनिधि एवम् कालिन्चोक गाँउपालिकाका पूर्व उपाध्यक्ष एवम् महिला अधिकारकर्मी कालिका पाठकले सहजीकरण तथा मेन्टरिङ गर्नु भएको हो।
कार्यक्रम करिव छ महिना सम्म चल्ने कुराको जानकारी दलित महिला केन्द्र नेपालले जनाएको छ । वडावाट निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता विकास र विकासमा अर्थपूर्ण सहभागिता र समान समावेशीकरणका वजेटका लागि कार्यक्रम भएको आयोजक संस्थाको भनाइ छ ।

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.