बुुुुुुुुुुुुुुुुुुढा भीमसेन मन्दिरमा शिवपुराण महायज्ञ लगाइँदै
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको भीमेश्वर नगरपालिकामा रहेको बुढाभीमसेन मन्दिरमा चैतको पहिलो साताबाट शिवपुराण महायज्ञ लगाइने भएको छ ।
धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले आगामी चैत्र ५ गतेदेखि १५ गतेसम्म शिवपुराण धनधान्यचल पितृ उद्दार महायज्ञ आयोजना गर्न लागिएको हो ।
भीमेश्वर नगरपालिका वडा नं ५ मा रहेको बुढाभीमसेन धाममा कल्याणी माताले प्रवचन दिने कार्यक्रम रहेको छ ।
चैत्र ५ गते विहान ८ बजे कलशयात्रासहित नगर परिक्रमा तथा ११ बजे समुद्घाटन तथा कथा पाठ पारायण प्रारम्भका कार्यक्रम रहेको मन्दिर संरक्षण समितिले जनाएको छ ।
शिव महापुराण पाठ पारायण योगाचार्य पण्डित ललिताशरण गुरागाँई, धर्माचार्य कृष्ण प्रसाद गुरागाँई,बाट सङ्गीतमय शिव महापुराण कथा प्रवचन र प्रसङ्गअनुसार लीलामय झाँकी प्रदर्शनका कार्यक्रम रहेका छन् ।
प्रत्येक साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय कलाकार तथा सङ्गीतकारहरुबाट भक्ति सङ्गीत, कथा महात्म्य सुनाइने छ । चैत्र १५ गते दिनको १ बजे पूर्णाहुती, तिलार्चन एवम् समापन कार्यक्रम रहेको आयोजकको भनाइ छ ।
स्कन्द पुराणका अनुसार लोक कल्याणका लागि भगवान भीमशङ्कर ज्योतिलिङ्गका रुपमा दोलखाको धर्मगृह (धरमघर) मा आएर बस्नुभएको थियो ।
स्वस्थानी व्रतकथाका अनुसार महादेवले किराँतेश्वरको रुपमा वन विहार गरेको स्थल भएको विश्वास गरिएको छ भने वन विहारको क्रममा किराँतीछाप धर्मघर हुँदै भीमेश्वर दोलखा गएर भीमसेनले बास गरेको इतिहास रहेको स्थानीय अग्रजको भनाइ रहेको छ ।
हालको धरमघर आसपासका स्थानहरुमा सीतापाइला,सीताको चुल्हो, सीताकुण्ड,गौरीका पाइला,किराँतीछाप ,धर्मघरजस्ता धार्मिक स्थानहरुको नामाकरण रहेको छ ।
यीनै धार्मिक स्थलको प्रचारप्रसार गरी धार्मिक,ऐतिहासिक र पर्यटकीय क्षेत्रलाई धार्मिक सञ्जालमा जोड्न महायज्ञ लगाउन लागिएको आयोजकले जनाएको छ ।
महायज्ञलाई व्यवस्थित रुपमा सम्पन्न गर्न अहिले जिल्ला र राजधानीका दोलखाली र धार्मिक व्यक्तिहरुसंग राय सुझाव संकलन गर्दै छलफल गरिरहेको छ भने सबै पक्षलाई आर्थिक तथा अन्य सहयोग र प्रचार प्रसारका लागि आयोजकले अनुरोध गरेको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...