महिला समूहले पञ्चेबाजा बजाउँदै मेयरलाई स्वागत गरे ।
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ का महिला समूहले पञ्चेबाजा बजाउँदै आज भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरलाई स्वागत गरेका छन् । बुढाभीमसेन माध्यमिक विद्यालय धरमघरको ५४ औं स्थापना दिवसको अवसर पारेर विद्यालय पुग्नु भएका प्रमुख मानन्धरलाई पञ्चेबाजा बजाएर स्वागत गरेका हुन् ।
भीमेश्वर नगरपालिका वडा नं ५ को सहयोगमा १५ दिने तालिम लिएका महिलाले तालिम अवधिमा नै पञ्चेवाजा बजाएर स्वागत गरेपनि प्रमुख मानन्धरले खुसी व्यक्त गर्दै महिला समूहलाई धन्यवाद दिनुभयो । महिलाको क्षमता विकास भए घर परिवार र समाज खुसी हुने भन्दै आफूले चाहेको समाज निर्माणमा महिलाले गरेको कामको प्रसंसा गर्नुभयो ।
पञ्चेबाजा महिला समूहलाई पोसाक तत्काल उपलब्ध गराउने,बाजा खरिद र व्यवस्थापनसंगै सिप विकासका लागि पुनरताजगी तालिम व्यवस्थापनको जिम्मा लिने समेत प्रमुख मानन्धरले विश्वास दिलाउनु भयो ।
दोलखा जिल्लामा नै पहिलो पटक महिलाले पञ्चेबाजा बनाउन तत्परता देखाएपछि वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठले खुसी व्यक्त गर्नुभयो । नमुना पञ्चेबाजा टोली बनाउन वडाले आवश्यक सहयोग गर्ने उद्घोष गर्नुभयो ।
उर्जाशील भएर महिला समूहले पञ्चेबाजा बजाएको देखेर स्थानीयले खुलेर प्रसंसा गरे ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...