भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

सन्तोष पाण्डेको अध्यक्षतामा कालिनाग पूर्व विद्यार्थी समाज पुनरगठन

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

कालिनाग माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज कालिञ्चोक –८ सुनखानीको अध्यक्षमा सन्तोष पाण्डे चयन हुनु भएको छ । समाजको शनिवार काठमाण्डौंमा सम्पन्न दोस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा २१ सदस्यीय  सदस्य चयन गरेको हो ।
समितिको उपाध्यक्षमा  सुदर्शन शिवाकोटी,सचिव गजाधर शिवाकोटी, सहसचिवमा जयन्ती शिवाकोटी र कोषाध्यक्षमा अनिल शिवाकोटी रहनु भएको छ ।
सदस्यहरुमा जगदीश खरेल,ज्योति पाठक,टेकराज शिवाकोटी,तारा थपलिया,कृष्ण प्रसाद शिवाकोटी,कुवेर पाठक,दिनेश खरेल बाबुराम खड्का,सन्दिप शिवाकोटी र अञ्जु शिवाकोटी रहनु भएको छ ।  कल्पना वयलकोटी,निर्मला शिवाकोटी,तिर्थराज शिवाकोटी,सहिष्णु शर्मा,बालिका शिवाकोटी,सन्दिप बुढाथोकी र योगेश शिवाकोटी सदस्यमा छनौट हुनु भएको छ ।


राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको दोस्रो अधिवेशन तथा विषेश सम्मान कार्यक्रमको अवशर पारेर विद्यार्थी समाजले विशेष सम्मानको समेत आयोजना गरेको थियो । विभिन्न साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको अधिवेशन तथा सम्मान कार्यक्रमबाट पूर्व शिक्षक कालिका पाठकलाई विशेष सम्मान गरिएको समाजले जनाएको छ ।

 


पूर्व विद्यार्थी समाजका अध्यक्ष जगदीश खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु टिकाभक्त शिवाकोटी, खड्ग प्रसाद शिवाकोटी, ,रतिराम शिवाकोटी,संग्राम बहादुर आचार्य,कृष्ण प्रसाद शिवाकोटी,भानुभक्त आचार्यलाई सम्मान गरेको हो ।
यस्तै विद्यालयका पूर्व अध्यक्ष कृष्ण प्रसाद शिवाकोटी,भानुभक्त आचार्य, बालकृष्ण शिवाकोटी,गणेश शिवाकोटी,डम्बर वयलकोटी र कृष्ण बहादुर बुढाथोकी लगायत १० पूर्व अध्यक्षहरुको सम्मान गरिएको पूर्व विद्यार्थी समाजले जनाएको छ ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजका सचिव गणेश शिवाकोटीले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अनिल शिवाकोटीले प्रस्तुत गर्नुभएको थियो ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.