भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

बुढाभीमसेन मन्दिरमा महायज्ञ शुरु

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

चैत ५

दोलखाको भीमेश्वर नगरपालिकामा रहेको बुढाभीमसेन मन्दिर परिसरमा आजबाट महायज्ञ शुरु भएको छ ।
विश्व शान्तिको कामना,पितृ उद्दार तथा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले आजदेखि १५ गतेसम्म सञ्चालन हुने गरी शिवपुराण धनधान्याञ्चल महायज्ञ शुरु गरिएको हो ।
वागमती प्रदेश सभा सदस्य भरत केसीको प्रमुख आतिथ्यतामा सम्पन्न महायज्ञ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति केसीले सामुदायिक एकता,शान्ति र सद्भावको लागि धार्मिक जागरण आजको आवश्यकता भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो,‘आजको मानिसको मन,चिन्तन र कार्यशैली आधुनिकताले प्रभावित भएको भन्दै यसको उपचारार्थ धार्मिक अनुष्ठानले सुधार कार्यमा सहयोग सहयोग गर्छ ।’
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले भीमेश्वर नगरपालिकाका धार्मिक साँस्कृतिक स्थल भएकाले यसलाई पर्यटनसंग जोड्न योजनावद्ध काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा ओम शिव शक्ति कल्याणी केन्द्र केन्द्रीय कार्यालयका वालसन्त श्री कल्याणी दास जी र महायज्ञ प्रसार प्रसार उपसमिति संयोजक शंकरलाल श्रेष्ठ लगायतले ज्ञान महायज्ञको उद्देश्यबारे मन्तव्य व्यक्त गर्नु भएको थियो ।
भीमेश्वर नगरपालिका वडा नं ५ मा रहेको बुढाभीमसेन धाममा सञ्चालन भएको महायज्ञको प्रमुख आकर्षक कल्याणी माता रहनु भएको छ भने प्रमुख वाचक कृष्ण प्रसाद गुरागाईँ र उपवाचकमा चन्द्रमणि गुरागाईँ रहनु भएको छ ।
११ दिनसम्म सञ्चालन हुने शिव पुराणमा ओम शीव शक्ति कल्याणी केन्द्र,केन्द्रीय कार्यालयका शाखा प्रमुख,साधक,साधवी,कुमार कुमारी र राष्ट्रिय कलाकारहरुको उपस्थिति रहेको छ ।
आज विहान बुढाभीमसेन मन्दिरबाट कलश यात्रासहित कोटीहोम हँदै नगर परिक्रमा गरी महायज्ञ स्थलमा पुगेर उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
शिव महापुराण पाठ पारायण योगाचार्य पण्डित ललिताशरण गुरागाँई, धर्माचार्य कृष्ण प्रसाद गुरागाँई,बाट सङ्गीतमय शिव महापुराण कथा प्रवचन र प्रसङ्गअनुसार लीलामय झाँकी प्रदर्शनका कार्यक्रम हुने छन् ।
प्रत्येक साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय कलाकार तथा सङ्गीतकारहरुबाट भक्ति सङ्गीत, कथा महात्म्य सुनाइने छ । चैत्र १५ गते दिनको १ बजे पूर्णाहुती, तिलार्चन एवम् समापन कार्यक्रम रहेको आयोजकको भनाइ छ ।
स्कन्द पुराणका अनुसार लोक कल्याणका लागि भगवान भीमशङ्कर ज्योतिलिङ्गका रुपमा दोलखाको धर्मगृह (धरमघर) मा आएर बस्नुभएको थियो ।
स्वस्थानी व्रतकथाका अनुसार महादेवले किराँतेश्वरको रुपमा वन विहार गरेको स्थल भएको विश्वास गरिएको छ भने वन विहारको क्रममा किराँतीछाप धर्मघर हुँदै भीमेश्वर दोलखा गएर भीमसेनले बास गरेको इतिहास रहेको स्थानीय अग्रजको भनाइ रहेको छ ।

हालको धरमघर आसपासका स्थानहरुमा सीतापाइला,सीताको चुल्हो, सीताकुण्ड,गौरीका पाइला,किराँतीछाप ,धर्मघरजस्ता धार्मिक स्थानहरुको नामाकरण रहेको छ ।

 

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.