गौरीशंङ्कर क्याम्पसमा निशुल्क स्वास्थ्य शिविर
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशंङ्कर बहुमुखी क्याम्पस दोलखाले स्थापना दिवसको अवसर पारेर निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । क्याम्पसले ४२ औ स्थापना दिवस एवम वार्षिक उत्सव तथा दोस्रो क्याम्पस सभाको अवसर पारेर निशुल्क शिविर गरेको हो ।
धुलिखेल अस्पताल दोलखाको प्राविधिक सहयोगमा क्याम्पस परिसरमा सम्पन्न शिविरमा जम्मा १ सय ५७ जनाले निशुल्क सेवा प्राप्त गरेको धुलिखेल अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले बताउनु भयो ।
जन स्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार हाडजोर्नी र सामान्य ८२ जना र दन्तरोग सम्बन्धी ७५ जनाले सेवा लिएका छन् । जसमध्ये हाडजोर्नी सम्बन्धी ४ जनालाई थप उपचारका लागि रिफर गरिएको छ भने दाँत सम्बन्धी समस्या ७५ मध्य ६२ जनालाई थप उपचारका लागि रिफर गरिएको छ ।
डाक्टर अनिल श्रेष्ठको नेतृत्वमा डाक्टर नमन कोजुले हाडजोर्नी र डाक्टर सुजन तिमल्सिना र डाक्टर स्नेहा सापकोटाले दन्त सम्बन्धी उपचार गर्नु भएको थियो ।
उपचारसंगै अस्पताल र भीमेश्वर नगरपालिकाको सहयोगमा निशुल्क औषधी समेत वितरण गरिएको छ ।
शिविरमा हाडजोर्नी,दन्त सम्बन्धी र सामान्य सेवा प्रदान गरिएको थियो ।
क्याम्पसले वार्षिक उत्सवको सन्दर्भ पारेर रक्तदान कार्यक्रमसहित विभिन्न अतिरिक्त क्रियाकलापको आयोजना गर्दै आएको छ । भोलि चैत्र १५ गते क्याम्पसले विभिन्न कार्यक्रमका साथ स्थापना दिवस मनाउने तयारी गरिरहेको क्याम्पसले जनाएको छ ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...