स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्छौः हिरा कुमार थोकर
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
मेलुङ गाउँपालिका दोलखाका अध्यक्ष हिरा कुमार थोकरले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिका बासीलाई छात्रवृत्ति दिने घोषणा गर्नु भएको छ ।
गौरीशंकर बहुमुखी क्याम्पस चरिकोट दोलखाको ४२ औ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थोकरले स्नातकोत्तर तहमा अध्ययन गर्नेे वार्षिक १५ जनालाई छात्रवृत्ति प्रदान गर्ने बताउनु भएको हो ।
उक्त कोष स्थापनाका लागि आर्थिक वर्ष ०८०।८१ को नीति तथा कार्यक्रममा समावेश गर्ने अध्यक्ष थोकरले बताउनु भयो । उच्च शिक्षामा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले वार्षिक रुपमा ५ लाख वजेट विनियोजन गरी पालिका भित्रका १५ जना विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थोकरले विदेश जाने चक्करमा नलाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले विद्यार्थीलाई केन्द्रित गर्दै भन्नुभयो,“शैक्षिक उत्कृष्टता देखाउनुहोस्,हामी रोजगारी दिन्छौ ।”
क्याम्पसको वार्षिक दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पालिका अध्यक्ष थोकरले विद्यार्थी संङ्ख्याको चिन्ता नगरी शिक्षाको गुणस्तर विकासमा लाग्न क्याम्पसलाई सुझाव दिनुभयो । क्याम्पसले विश्व विद्यालयको महत्वाकाक्षाँ छाडेर स्नातकोत्तर तहसम्मको पठन पाठनमा अब्बलता देखाउन आग्रह गर्नुभयो । यसै अवसर पारेर गौरीशंकर क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने पालिकाका १५ जनालाई वार्षिक छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...