भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

साना किसान कृषि सहकारीको अध्यक्षमा होम पाठक निर्विरोध

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
हाम्रो साना किसान कृषि सहकारी संस्था कालिञ्चोक दोलखाको अध्यक्षमा होम प्रसाद पाठक निर्विरोध निर्वाचित हुनुभएको छ ।
 कृषि सहकारी संस्था कालिञ्चोक दोलखाको प्रथम साधारण सभाले होम प्रसाद पाठकको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा बद्रीनाथ शिवाकोटी,सचिव गुरु प्रसाद खरेल,कोषाध्यक्षमा तुलसा बसेल रहनु भएको छ भने सदस्यहरुमा लक्ष्मी सेढाँई शिवाकोटी,उर्मिला भारती,सुन्दर श्रेष्ठ,रामकाजी शिवाकोटी,सावित्रा आचार्य,शान्ता आचार्य खत्री,राम बहादुर बस्नेत,गोकर्ण शिवाकोटी र कालि प्रसाद शिवाकोटी चयन हुनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले कृषि नमुना पालिकाको रुपमा विकास गर्ने गरी गाउँपालिकाले योजना बनाइसकेकोे धारणा राख्नुभयो । उहाँले गाउँपालिकामा उत्पादन भएका कृषिजन्य सामग्रीको लागि बजार व्यवस्थापनको जिम्मा लिनेसमेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँघर साना कृषि सहकारी संस्था मेलुङका अध्यक्ष श्रीराज पोखेलले कृषि,किसान र उत्पादनसंग जोड्न कृषि सहकारी प्रभावकारी हुने धारणा राख्नुभयो । किसानको सफलतामार्फत गाउँपालिकाको पहिचान बनाउन गाउँपालिकालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष होम पाठकले कृषि उद्यमको विकास विना ग्रामीण विकास सम्भव नहुने भएकाले व्यवस्थित श्रमको वातावरण बनाउन कृषि सहकारीको स्थापना गरेको बताउनुभयो । अध्यक्ष पाठकले कृषि उत्पादनमा लाग्न कृषकलाई आग्रह गर्दै बजार व्यबस्थापनको जिम्मा सहकारीले लिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाका सचिव गुरु प्रसाद खरेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष तुलसा बसेलले प्रस्तुत गर्नुभएको थियो । संस्थामा हाल ३ सय जना सदस्य रहेका छ । सहकारीको कार्यक्षेत्र हाल कालिञ्चोक गाउँपालिका वडा नं ७,८ र ९ रहेको छ । विगत ३ महिना अगाडि तदर्थसमिति गठन गरी कार्य सञ्चालन गरेको सहकारीले आज प्रथम साधारण सभा सम्पन्न गरेको हो । कालिञ्चोक गाउँपालिका वडा नं ८ मा मुख्य कार्यालय सञ्चालन गरेर संस्थाले सेवा प्रवाह गर्दै आएको छ ।
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.