शैक्षिक गुणस्तर अभिबृद्धि कार्यशाला गोष्ठी
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले नयाँ सन्देशसहित भर्ना अभियान सञ्चालन गर्ने योजना बनाएको छ । वडा नं ५ को आयोजनामा महेन्द्रोदय माध्यमिक विद्यालय माटीमा आयोजना गरेको एक दीवसीय शैक्षिक गुणस्तर अभिबृद्धि कार्यशाला गोष्ठीको आयोजना गरेर भर्ना अभियान सन्देशमूलक बनाउने निर्णय गरेको हो ।
वडा भित्रका विद्यालयमा सिकाइ उपलब्धी बृद्धिका लागि सरोकारवाला पक्षसंग गोष्ठीको आयोजना गरिएको वडाध्यक्ष बासु श्रेष्ठले बताउनु भयो ।
सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धिका लागि नयाँ सन्देशसहित शैक्षिक सत्रको भर्ना अभियान सञ्चालन गर्ने गोष्ठीको निष्कर्ष रहेको छ । कार्यक्रममा वडाको शैक्षिक योजना निर्माण गरेर नमुना वडा बनाउने,शिक्षामा सुधार हुने गरी लगानी गर्ने र शिक्षक,अभिभावक र विद्यार्थी प्रोत्साहनका आकर्षक कार्यक्रमसहित शैक्षिक सुधारमा जोड दिने वडाले योजना बनाएको छ ।
कुटीडाँडा माध्यमिक विद्यालय मकैबारीका प्रधानाध्यापक एवं कार्यक्रमका प्रमुख अतिथि शङ्करलाल श्रेष्ठले शिक्षकले कक्षा कोठामा विद्यार्थीको सक्षमता केन्द्रित हुनु पर्ने कुरामा जोड दिनुभयो । विद्यार्थीलाई सिकेका कुरा व्यवहार सुधारमा प्रयोग गर्न सक्ने बनाएर अभिभावकको मन जित्न सके सामुदायिक विद्यालयप्रतिको धारणा सकारात्मक हुने अनुभव सुनाउनु भयो ।
कार्यक्रममा कुटीडाँडा माध्यमिक विद्यालयले गर्दै आएका असल अभ्यासका विषयमा जानकारी दिँदै शैक्षिक सुधारका सम्भावनाका विषयमा सहभागीलाई जानकारी दिनुभयो ।
कार्यक्रममा बुढाभीमसेन माध्यमिक विद्यालय धरमघरका प्रधानाध्यापक राजन कार्की,महेन्द्रदोय माध्यमिक विद्यालय माटीका प्रधानाध्यापक लक्ष्मी भुजेल,विसुन्टोल आधारभूत विद्यालयका प्रधानाध्यापक परशुराम थापा,माथिल्लो माटी प्राथमिक विद्यालयका प्रधानाध्यापक सावित्री पाण्डे लगायतले विद्यालयका असल अभ्यास,चुनौति र सम्भावनाका विषयमा जानकारी गराउनु भएको थियो ।
गोष्ठीमा शिक्षक महासंघ भीमेश्वर नगर समितिका अध्यक्ष बालकृष्ण दहाल र महेन्द्रोदय माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण थापा लगायतले शैक्षिक सुधारका लागि वडा शिक्षा समितिलाई सुझाव दिनुभयो ।
कार्यशाला गोष्ठीमा भीमेश्वर नगरपालिका वडा नं ५ का सबै सामुदायिक विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,विद्यालयका प्रधानाध्यापक एवम शिक्षक,जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
वडा नं ५ मा २ माध्यमिक विद्यालय,१ आधारभूत विद्यालय र १ प्राथमिक विद्यालय रहेका छन् ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...