कालिञ्चोकमा बालभेला
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिकामा गाउँपालिका स्तरीय बाल भेला सम्पन्न भएको छ । कालिञ्चोक गाउँपालिकाको आयोजना र दिपज्योती समाज सुधार संस्था सुन्द्रावतीको सहजीकरणमा बाल भेला सम्पन्न भएको छ ।
भेलामा बालमैत्री स्थानीय शासन ,सूचक, स्थानीय सरकारको भूमिका र बालक्लब विषयक अभिमुखीकरण गरिएको थियो ।
भेलाले रोजी पाण्डेको अध्यक्षतामा ११ सदस्यीय पालिकास्तरीय बाल सञ्जाल गठन गरिएको छ । क्लबको उपाध्यक्षमा अस्मिता खड्का,सचिव सन्तोष खतिवडा, सह सचिव अनुमाया थामी,कोषाध्यक्ष त्रिवेस आचार्य, सदस्य प्रमिला थामी,सदस्य जगदीश खत्री, सदस्य समीर पाण्डे,सदस्य दिपिना थापा,सदस्य सुन्दर थामी,सदस्य सबिना थामी रहनु भएको छ ।
कार्यक्रमले सर्मिला घतानीको अध्यक्षतामा ९ सदस्यीय किशोरी सञ्जाल गठन गरिएको छ । किशोरी सञ्जालको उपाध्यक्ष मनिता रेग्मी, सचिव सोनी उप्रेती, सह सचिव एलिना थामी,कोषाध्यक्ष विनिता पोत्रेल,सदस्य सविना भण्डारी, सदस्य समिक्षा थापा, सदस्य सरिता थामी, निरुता पौडेल चयन हुनुभएको दीपज्योति समाज सुधार संस्था सुन्द्रावतीले जनाएको छ ।
कार्यक्रममा वडास्तरीय बाल सञ्जालबाट आएका योजना समेत प्रस्तुत गरिएको थियो । कालिञ्चोक गाउँपालिका महिला बालबालिका फोकल पर्सन बन्दना मल्लको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
दीपज्योति समाज सुधार संस्था दोलखाका अध्यक्ष केशव प्रसाद सेढाईँले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...