चर्नावती महायज्ञको विधिवत उद्घाटनसहित आजबाट कथावाचन शुरु ।
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
चर्नावती महायज्ञको विधिवत उद्घाटनसहित आजबाट कथावाचन शुरु ।
महायज्ञले चर्नावती धामको प्रचार प्रसारमा टेवा पुग्ने वरिष्ठ संस्कृत विद् प्राध्यापक डाक्टर जगमान गुरुङले बताउनु भएको छ। जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि आजबाट दोलखाको शैलुङ गाउपालिका वडा नम्वर सात फस्कुमा सुरु गरिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रमको उद्घाटन गर्नुहुदैॅ गुरुङले यस्तो बताउनु भएको हो ।
उहाँले दोलखामा प्रचार (प्रसार गर्नु पर्ने धेरै ठाउँ रहेको भन्नुहुँदै गौरीशंकर र च्छोरोल्पा तालको बारेमा सबै भन्दा बढि प्रचारप्रसार गर्न पनि सरोकारवालाहरुलाई अनुरोध गर्नु भएको छ। महायज्ञ आयोजक मुल समारोह समितिका अध्यक्ष बरिष्ठ कलाकार मदन दास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम पूर्व पर्यटन तथा सांस्कृतिक उड्यान नागरिक आनन्द प्रसाद पोखरेल,पुर्व सूचना सञ्चार तथा तथा प्रविधि मन्त्री पार्वत गुरुङ,प्रदेश सांसद भरत बहादुर केसी, नेपाली काङ्ग्रेस नेता तारा बहादुर कोईराला,नेकपा एमाले अध्यक्ष नर बहादुर श्रेष्ठ,मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकर राप्रपाका केन्द्रीय सदस्य प्रविणकुमार थोकर र प्रमुख जिल्ला अधिकारी कोमप्रसाद धमला लगायतले सम्बोधन गर्नु भएको थियो। महायज्ञको संस्कृत विद् विदुषी प्राध्यापक डाक्टर कान्ता भट्टराइको मुखारविन्दुबाट कथा वाचन भईहेको छ।
महायज्ञ १५गतेसम्म सञ्चालन हुने ।
उद्घाटन कार्यक्रम अगाडि कलशयात्रासहित चर्नावती परिसर परिक्रमा गरिएको थियो । कार्यक्रममा जिल्लादेखि केन्द्रसम्मका महत्वपूर्ण व्यक्तित्व लगायत धर्मावलम्बीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...