महायज्ञमा सहकारीबाट मात्रै १ लाख १२ हजार रुपैयाँ रकम सहयोग
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
महायज्ञमा सहकारीबाट मात्रै १ लाख १२ हजार रुपैयाँ रकम सहयोग
जेठ ६
दोलखाको चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा हाल सम्म सहकारी संस्थाहरुबाट मात्रै १ लाख १२ हजार १ सय ११ रुपैयाँ रकम प्राप्त भएको छ ।
महायज्ञ कार्यक्रममा निजि क्षेत्र अर्थात सहकारी संस्थाहरुबाट मात्रै हाल सम्म १ लाख १२ हजार २ सय ११ रुपैयाँ रकम आर्थिक सहयोग प्राप्त भएको चर्नावती त्रिवेणी विकास तथा प्रबर्द्धन संघ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार महायज्ञमा जिल्लाको शैलुङ गाउँपालिका वडा नम्वर ७ फस्कुमा रहेको भद्रेश्वर कृषि सहकारी संस्थाले १ लाख १ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ भने जिल्लाको सदरमुकाम चरिकोटमा रहेको हाम्रो हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आज ११ हजार १ सय ११ रुपैयाँ रकम सहयोग गरेको छ ।
रकम सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठ र सहकारी संस्थाका प्रमुख कार्यकारी दिपक बस्नेत सहितको टोलीले महायज्ञ स्थल चणरवती धाममानै पुगेर हस्तान्तरण गरेको हो । महायज्ञमा निजी क्षेत्रले आर्थिक सहयोग गर्ने क्रममा बढेको चणरवती त्रिवेणी विकास तथा प्रबर्द्धन संघ दोलखाले जनाएको छ । आईतबारबाट सुरु भएको महायज्ञ जेष्ठ १५ गते सम्म सञ्चालन हुने छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...