जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि वैत्यश्वर गाउँपालिकाको १५ लाख बढी अक्षयकोष राख्ने घोषणा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जेठ ९
दोलखाको वैतेश्वर गाउँपालिकाले शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि १५ लाख ६० हजार रुपैयाँ रकम अक्षयकोषमा राख्ने घोषणा गरेको छ । चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञको तेस्रो दिन आज पालिकाका अध्यक्ष छवि लामाले १५ लाख ६० हजार रुपैयाँ रकम अध्यक्ष कोषमा राख्ने घोषण गर्नुभएको हो । पालिकाको तर्फबाट जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा १५ लाख ६० रुपैयाँ रकम अक्षयकोषमा राख्ने गाउँपालिकाका अध्यक्ष लामाले घोषणा गर्नु हुदैँ व्यक्तिगत रुपमा लामाले ११ हजार रुपैयाँ रकम आज हस्तान्तरण गर्नुभएको छ । यस अघि जिल्ला शैलुङ गाउँपालिकाले १५ लाख रुपैयाँ रकम दिने घोषणा गरेको थियो । गाउँपालिकाका अध्यक्ष रिमाल बाबु श्रेष्ठले महायज्ञको उद्घाटन कार्यक्रमको अवसरमा १५ लाख रुपैयाँ रकम अक्षय कोषमा राख्ने घोषणा गर्नुभएको थियो भने जिल्लाको मेलुङ गाउँपालिकाले जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि अक्षयकोषमा १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरि सकेको छ ।
जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटबाट १० लाख रुपैयाँ रकम अक्षयकोषमा राख्ने गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले घोषणा गर्नुभएको छ । महायज्ञको आज तेस्रो दिन पनि भक्तजनहरुको भिड लागेको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...