तामाकोशी गाउँपालिकाका शिक्षकलाई अवकाश सुविधा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको तामाकोशी गाउँपालिकाले सेवा अवधि २० वर्ष पुगेका शिक्षकहरूलाई अवकाश सुविधा दिने भएको छ ।
विद्यालयमा २० वर्षदेखि सेवा गर्दै आएका ५५ वर्षमाथिका इच्छुक शिक्षकलाई शिक्षक स्वर्णिम अवकाश कार्यक्रम कार्यान्वयन कार्यविधि –२०७९ अनुसार अनुसार अधिकतम ३ लाख रुपैयाँ सुविधासहित अवकास सेवा दिने गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले बताउनु भयो ।
गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका पालिकाले सुविधासहित अवकाश दिने भएको हो ।
अवकाश सेवा लिन इच्छुक शिक्षकले आवश्यक कागजातसहित पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने व्यवस्था रहेको पालिकाले जनाएको छ । अवकाश लिन इच्छुक शिक्षकलाई जेठ २४ गतेभित्र निवेदन दिन पालिकाले सूचना जारी गरेको छ ।
यसैबीच गाउँपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक पनि खुल्ला प्रतिस्पर्धामार्फत छनौट गर्ने तयारी गरेको छ । प्रधानाध्यापक नियुत्ति सम्बन्धी कार्यविधि २०७९ अनुसार सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्न लागिएको गाउँपालिका अध्यक्ष केसीको भनाइ छ।
प्रधानाध्यापकको प्राथमिक तह र आधारभूत तहको (१–६) प्रधानाध्यापकको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको, १ देखि ८ सम्मको लागि स्नातक तह वा सोसरह, माध्यमिक तहको लागि मान्यता प्राप्त विश्व विद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्र्तीण हुनुपर्ने पालिकाले आवश्यक न्यूनतम योग्यतासमेत निर्धारण गरेको छ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...