महायज्ञमा विद्यार्थीको आर्थिक सहयोग
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जेठ १३
दोलखाको सदरमुकाम चरिकोटमा रहेको अल्पाईन पब्लिक बोर्डिङ स्कुलले महायज्ञमा सहयोग गरेको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कु स्थित चर्णावती धाममा जेठ ७ गतेबाट सुरु गरिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा आर्थिक सहयोग सँगै सामाजिक काम पनि गरेको छ । महायज्ञमा स्कुलको कक्षा १० मा अध्ययनरत्त विद्यार्थीहरुबाट संङ्कलित २ हजार ५० रुपैयाँ, कक्षा ९ मा अध्ययनरत्त विद्यार्थीहरुबाट संकलित २ हजार २ सय २० रुपैयाँ र स्कुल परिवार तर्फबाट ५ हजार ५ सय रुपैयाँ गरि जम्मा ९ हजार ७ सय ७० रुपैयाँ सहयोग गरेको हो । ।
महायज्ञमा आर्थिक सहयोग गर्ने यो जिल्लाकै पहिलो विद्यालय हो । दुबै कक्षामा अध्ययनरत्त विद्यार्थीहरुबाट संकलित रकम विद्यार्थीहरु स्वयम उस्थित भई आर्थिक सहयोग गरेका छन् भने विद्यालयको तर्फबाट शिक्षकहरुको उपस्थितिमा आर्थिक सहयोग प्रदान गरिएको छ ।
विद्यार्थीहरुले आर्थिक सहयोगसँगै महायज्ञ स्थल वरिपरि सरसफाई गर्नुका साथै अन्य सामाजिक काम पनि गरेका थिए । जिल्लाका सामुदायिक विद्यालयहरु सत्यश्वर मावि पवटी, शारादा मावि भैसे,साँगुते मावि फस्कु, कालिका मावि फस्कु, वैतेश्वर मावि नाम्दु, भद्रेश्वर आधारभुत्त विद्यालय फस्कु लगायतका विद्यालयमा.अध्ययनरत्त विद्यार्थीहरुले महायज्ञमा सुरुको दिनदेखिनै स्वमसेवकको रुपमा सामाजिक सहयोग गर्दै आएका छन् ।
जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनार्थ तथा चर्नावती त्रिवेणी रामघाट धामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्धेश्यले आयोजना गरिएको महायत्रमा छैटो दिनमा पनि विहानैदेखि भक्तजनहरुको भीड लागेको थियो ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...