भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

गौरीशङ्कर बहुमुखी क्याम्पसमा प्राज्ञिक लेखन तालिम

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा ३ दिने प्राज्ञिक लेखन क्षमता विकास तालिम कार्यक्रमको आयोजना गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले  शैक्षिक गुणस्तर अभिवृद्धिमा अनुसन्धानको महत्वपूर्ण भूमिका रहने भन्दै तालिमलाई व्यवहारमा देखाउन सुझाव दिनुभयो । कार्यक्रममा बोल्ने क्रममा उहाँले क्याम्पसमा शैक्षिक गुणस्तरमा अब्बल बनाउन आफू प्रयत्नशील भएको धारणा राख्नुभयो । साथै अबको ३ वर्षमा क्याम्पसमा १ करोड बराबरको छात्रवृत्तिको व्यवस्थापन गर्ने र सुविधासम्पन्न छात्रवासको व्यवस्था गर्ने योजना रहेको पनि अध्यक्ष राउतले बताउनु भयो ।


कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै क्याम्पस सञ्चालक समितिका सदस्य रमेश खतिवडाले क्याम्पसलाई अनुसन्धानमा अब्बल क्याम्पस बनाउन सुझाव दिनुभयो । उहाँले हिमाली जिल्लाकै सर्वश्रेष्ठ र गौरव गर्न लायक क्याम्पस बनाउन लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका क्याम्पस प्रमुख शान्त केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख केसीले क्याम्पसले नियमित प्रकाशन गर्ने रिसर्च जर्नलका लागि प्राज्ञिक लेखनको सक्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
प्राज्ञिक लेखन तालिमको उद्देश्यबारे प्रकाश पार्दै अनुसन्धान व्यवस्थापन इकाइ प्रमुख नारायण प्रसाद सेढाईँले क्याम्पसको सामाजिक दायित्व अन्तरगत अनुसन्धान कार्य गर्न तालिम कार्यक्रम प्रभावकारी हुने धारणा राख्नु भयो ।
कार्यक्रमको सहजीकरण त्रिभुवन विश्वविद्यालका डा.महेन्द्र सापकोटा र नेपाल खुल्ला विश्व विद्यालयका डा. कर्ण रानाले गर्नुभएको छ ।
तालिम कार्यक्रममा दोलखा,रामेछाप र सिन्धुपाल्चोकका विभिन्न क्याम्पसका ३० जना प्राध्यापकहरुको सहभागिता रहेको छ ।
तालिम कार्यक्रम विश्व विद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालन गरिएको हो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.