सडक सञ्जालको विस्तारसंगै परिवर्तित जिलु गाउँ
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
सफा र सुन्दर बस्तीका रुपमा जिलु गाउँलाई चिनिन्छ । जिलु र फसिँभैमा एकीकृत बस्ती निर्माण निरन्तर छ । वडा भौतिक सुविधासम्पन्न छ । एकीकृत बस्तीसहित १ हजार घरधुरी रहेको वडा नं ४ जिलुका प्रत्येक टोलमा सडक सञ्जालले जोडेको छ । सडक सञ्जाल भित्री बस्तीसम्म पुगेकै कारण यहाँका उत्पादन बजार सम्म पु¥याउन सहज भएको छ ।
दोलखाको आत्मनिर्भर गाउँका रुपमा पुरानो पहिचान भएको ठाउँ हो जिलु । दोलखा सदरमुकाम चरिकोट नजिकै भएर पनि सडक सञ्जाल नजोडिदा पनि दुध र तरकारी निकासी शुरु भएको थियो । विहान सबेरै उठेर डोकोमा भारी बोकेर सदरमुकाम ल्याउनु जिलुका किसानको दैनन्दिनी हुन्थ्यो पहिला पनि ।
स्थानीय भक्तबहादुर चौलागाईँका अनुसार वि.स. २०१४÷०१५ सालतिर नन्दलाल चौलागाईँले काठमाण्डौमा आलु रोपेको देखेर जिलुमा आएर आलु खेती गर्नु भएको थियो । विस्तारै अरु उत्पादन पनि विकास हुँदै गयो । दोलखा सदरमुकाम चरिकोट नजिकै भएका कारण तरकारी लगेर बेच्ने चलनको शुरुवात जिल्लामा जिलुले गरेको थियो । सडक सञ्जाल नजोडिदासम्म दुखले उत्पादन बजार ल्याउने जिलुबासी अहिले सडक सञ्जाल जोडिएपछि उत्पादनमा बृद्धिसंगै निकासीमा सहज भएको बताउँछन् ।
यहाँका कृषकको आयआर्जनको बाटो नै तरकारी, फलफूल र दूध हा । ०५४ सालमा पीपलबोट जिलु सडक खोलिएपछि हिउँदको समयमा भएपनि उत्पादन बजार पु¥याउन राहत भएको थियो । अहिले भटमासे जिलु सडक पक्कीको क्रममा छ । बाटो स्तरोन्नति भएर नियमित गाडी चल्न थालेपनि जनजीवनमा निक्कै रुपान्तरण भएको स्थानीय शिक्षक समेत रहनु भएका हरिवंश चौलागाईँको भनाइ छ ।
’शिक्षा,स्वास्थ्य त सहज छ नै अहिले आलु मात्र पनि ३०/४० मुरी एकै परिवारले फलाउन थालेका छन् ’ उहाँले भन्नुभयो ।
सडकका हिसाबले जिलु जिल्लाकै नमुना गाउँ हो ,जहाँ बस्तीपिच्छे मोटर पुगेका छन् । अन्न मात्रै उत्पादन हुने खेतबारीमा तरकारी र दूधको उत्पादन फस्टाएको छ। ’सडक नभएको भए व्यावसायिक उत्पादन सम्भव थिएन जिलु सापकोटा गाउँका गोविन्द सापकोटाले भन्नुभयो, “गाउँमा सिञ्चाईँको सुविधा हुने हो भने उत्पादनमा नमुना गाउँ बनाउने थियौ ।”
अहिले ८ रोपनी क्षेत्रफलमा दोलखालाई पुग्ने गोलभेँडा उत्पादन गर्न लागेको गोलभेडा व्यवसायी रमेश चौलागाईले बताउनु भयो । ’उत्पादन गरेको चीज बजार सजिलै लान सक्नु नै ठूलो उपलब्धि हो,उहाँले भन्नुभयो ।
सडक नबन्दा हामी रातभर सुत्न पाउँदैनथ्यौ । सबैभन्दा बढी महिलालाई भार थियो । विहान २ बजे नै उठेर बाटो लाग्नु पथ्र्यो । अहिले त स्वर्ग भएको छ जिलु टहलेकी पदममाया श्रेष्ठले खुसी व्यक्त गर्नुभयो ।
सडक छेउमा अधिकाशं घर बनेका छन् । भटमासेदेखि फसिभैसम्म मात्रै दर्जनौ होटल पसल सञ्चालनमा छन् । चरिकोटमा रहेका क्याम्पस घरबाटै पढ्न जान पाएका छन् । पहिला चरिकोटमा कोठा भाडामा लिएर बस्नु पथ्र्यो । जागिरेहरुपनि चरिकोटका अफिस घरबाटै भ्याउने भएका छन् । चरिकोटमा रहेका निजी स्कुलमा पढ्न घरबाटै नानीबाबुहरु स्कुल बस चढेर जान्छन् । चरिकोटदेखिका स्कुल बस,ट्याक्सी,ट्याम्पो,मोटरसाइकलको लाइन देख्दा त खुबै रमाइलो लाग्छ जिलुका दिल बहादुर श्रेष्ठलाई ।
जिलुलाई सदरमुकाम चरिकोट ९ किलो मिटर लम्वाइको भटमासे जिलु सडकले जोडेको छ । वागमती प्रदेश सरकारको सहयोगमा सडक अहिले पक्की बन्ने क्रममा छ । सडकको विस्तारले सबै टोलमा आवातजावता सहज भएको छ ।
दोलखा सदरमुकाम चरिकोटसंगै जोडिएको वडा नं ४ मा प्रदेश सरकारको लगानी विभिन्न क्षेत्रमा रहँदै आएको छ । निर्माणाधीन भटमासे जिलु सडकसंगै देवीस्थान निर्माण,वृन्दावन,पाण्डव पार्क,सहिद पार्क, डिही माने सडक,पीप्ले सडकमा पनि प्रदेश सरकारको लगानी छ । विकासका लागि प्रदेश सरकारको लगानी भएपनि प्रर्याप्त नभएको वडाध्यक्ष रामजी चौलागाईँको भनाई छ ।
वडाध्यक्ष चौलागाईका अनुसार सडकको विकाससंगै कृषि क्षेत्रमा लगानीको आवश्यक छ । युवा शक्तिलाई विदेश पलायनबाट रोक्न श्रममा जोडिएर काम गर्ने वातावरण बनाउने वडाको अभियान छ, प्रदेश सरकारको लगानी वृद्धि भए कृषि हवको विकास गर्न सम्भव थियो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...