रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश खतिवडा सम्मानित
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
स्व. रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार– २०८० पत्रकार रमेश खतिवडालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाको समन्वयमा रविन्द्र गौतम स्मृति प्रतिष्ठानले मंगलवार स्व. गौतमको स्मृति सभाकोे आयोजना गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रमेश खतिवडालाई उक्त पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा कालिञ्चोक मावि कक्षा ११ मा अध्यनरत विद्यार्थी सर्मिला खातीलाई १० हजार रुपैया छात्रवृत्ति प्रदान गरेको छ । कोरोना संक्रमणको कारण २०७८ जेठ १६ गते निधन हुनुभएका स्व. पत्रकार रविन्द्र गौतमको नाममा उहाँको धर्मपत्नी भवानी खड्काको पहलमा स्थापना भएको प्रतिष्ठानले हरेक बर्ष एकजना सक्रिय पत्रकार र एक जना जेहेन्दार विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेअनुसार स्व. रविन्द्रको दोस्रो स्मृति सभाको अवसरमा पत्रकारिता पुरस्कार तथा छात्रवृत्ति वितरण गरेको हो ।
स्व. रविन्द्र गौतम स्मृति प्रतिष्ठानको अध्यक्ष कृष्णबहादुर गौतमको अध्यक्षतामा सम्पन्न स्मृति सभामा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, दोलखा शाखाका सभापति दीपशङ्कर चौलागाई, प्रतिष्ठानका संरक्षक भवानी खड्का र सचिव मुरारी दुलालले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...