दोलखामा नवप्रवेशी शिक्षकको सम्मान
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समिति दोलखाले नवप्रवेशी शिक्षकहरुको सम्मान गरेको छ । शिक्षक सेवा आयोजबाट सफल भएर विभिन्न तहमा नियुक्ती भएका २७ जना नव प्रवेशी शिक्षकको सम्मान गरेको हो ।
दोलखाको भीमेश्वर नगरपालिका र मेलुङ गाउँपालिकाका १० जना महिला शिक्षकसहित २७ जना नवप्रवेशी शिक्षकहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको भीमेश्वर नगर समितिका अध्यक्ष राजन कार्कीले बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेश इन्चार्ज शङ्करलाल श्रेष्ठले नवप्रवेशी शिक्षकको क्षमताको कदर गरी शैक्षिक उन्ननयका लागि लगानी गर्ने वातावरण बनाउन स्थानीय सरकारलाई अनुरोध गर्नुभयो । मन्तव्यकै क्रममा नवप्रवेशीलाई बधाइ तथा शुभकामना दिँदै पूर्वाग्रही भएर शिक्षकमाथि व्यवहार नगर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो ।
भीमेश्वर नगर समिति अध्यक्ष राजन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासंघ दोलखाका सदस्य सुर्यप्रसाद चौलागाँई,नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति उपाध्यक्ष किशोर दाहाल, नवप्रवेशी शिक्षकहरु दिपकराज जोसी र सादर मल्लले मन्तव्य व्यक्त गर्नुभएको छ ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...