चोरिएको बज्रधर मूर्ति फिर्ता
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको भीमेश्वर नगरपालिका –२ को प्राचीन नगरी दोलखामा करिब तीन दशकपछि बज्रधर मूर्ति कुलायनमा भित्राइएको छ ।
यहाँको कोर्छे टोलबाट हराएको २८ वर्षपछि भेटिएको उक्त मूर्ति पूजा तथा वैदिक विधि विधान गरी श्रेष्ठ परिवारको कुलायनमा भित्राइएको इतिहासका जानकार तीर्थनारायण जोशीले जानकारी दिनु भयो ।
उहाँका अनुसार हङकङमा भेटिएको उक्त मूर्ति छाउनी म्युजियमबाट बुझी दोलखा ल्याइएको हो । मूर्तिलाई बाजागाजा सहित बजार परिक्रमा गराएर कोर्छेमी टोलको कुलायनमा भित्राइएको हो । भित्राउनु अघि मूर्तिलाई गाईको दूधले नुहाएर श्रीपेच पहिराइएको थियो । यो कोर्छेमी ( राज ) श्रेष्ठ खलकको मूर्ति हो । २०५२ साल भदौ १४ गते यो मूर्ति हराएको थियो ।
स्थानीय डा. सुनिल मास्केका अनुसार गत वर्ष यो मूर्ति हङकङस्थित अन्तर्राष्ट्रिय आर्ट डिलर रोप्सी एन्ड रोप्सीसँग रहेको भनी सम्पदा खोजको अभियान लस्ट आर्ट अफ नेपालले सूचना बाहिर ल्याएको हो । यो मूर्ति फर्काउन पहल गर्दै आउनु भएकी प्रा.डा.एमिलिन स्मिथले यसको उत्पत्ति पहिचानमा प्रमाणिकता देखाएपछि सङ्कलक आर्ट डिलर रोप्सी एन्ड रोप्सीले हस्तान्तरण समारोह आयोजना गरी हङकङस्थित नेपाली महावाणिज्य दूतलाई मूर्ति हस्तान्तरण गरिएको थियो ।
नेपाली महावाणिज्य दूतबाट छाउनीको म्युजियममा ल्याइएको थियो । म्युजियमले श्रेष्ठ परिवारलाई बुझाएपछि मूर्ति दोलखा ल्याइएको हो ।
बज्रधरको ३७”अग्लो यो मूर्ति दोलखाका राजा उजोत देवको पालामा बनाइएको हो । हरेक वर्षको इन्द्र जात्रामा पाँच दिनसम्म पूजाआजा गरी देखाइने गरिन्छ । कुलायनमा राखिएकै अवस्थाबाट मूर्ति चोरिएको थियो । बाकसमा राखिएको श्रीपेच भने यहीँ रहेको थियो ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...