भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

गोमा खड्काको अध्यक्षतामा एकल महिला जिल्ला समिति पुनरगठन

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखा जिल्लामा मानव अधिकारका लागि महिला,एकल महिला समूह पुनर गठन गरिएको छ । गोमा खड्काको अध्यक्षतामा ११ सदस्यीय एकल महिला जिल्ला कार्यसमिति पुनरगठन भएको हो । समितिको उपाध्यक्षमा कमला सुवेदी,सचिव दुर्गा श्रेष्ठ,सचिव रचना शिवाकोटी र कोषाध्यक्षमा रमिता दहाल चयन हुनु भएको छ । समिति सदस्यहरुमा रिता कार्की,स्वस्थानी बस्नेत,लक्ष्मी खड्का,निरमाया तमाङ र यज्ञ कुमारी तुलाधर रहनु भएको छ ।
एकल महिलाका आवाज संगठित रुपमा उठाउने र हक अधिकार संरक्षणका लागि वि.सं २०६२ सालमा संस्था स्थापना भएको मानव अधिकारका लागि महिला,एकल महिला समूह जिल्ला सहयोगी साथी पार्वती खड्काले बताउनुभयो ।

संस्थाले एकल महिलाहरुको तथ्याङ संकलन गर्ने,अवस्था पहिचान गर्ने,गाउँपालिका र नगरपालिकासंग समन्वय गरेर काम गर्ने र सबै स्थानीय तहमा एकल महिला समूह गठन गर्ने कार्ययोजना निर्माण भएको जिल्ला सहयोगी साथी खड्काको भनाइ छ ।
जिल्लाका एकल महिलाका लागि कानुनमा महिला अधिकार विषयक ४ दिने अभिमुखीकरण कार्यक्रमको अवशर पारेर जिल्ला समिति गठन भएको हो । माइति मञ्च दोलखाको आयोजनामा एकल महिलाहरुको क्षमता विकासका लागि अदुवाको अचार बनाउने र कानुनमा महिला अधिकार विषयक तालिमको आयोजना गरेको थियो । कार्यक्रम भीमेश्वर नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो ।

एकल महिला भन्नाले श्रीमानका साथ नभएकी महिलालाई जनाउँछ । ३५ वर्षको उमेरसम्म विवाह नगरी बसेका, श्रीमानको मृत्यु भएका, श्रीमानबाट छोडिएका, श्रीमान् बेपत्ता भएका, श्रीमानसँग सम्बन्ध विच्छेद भएका, श्रीमानबाट अलग भएर बसेका महिलाहरुलाई परिभाषित गरेको छ

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.