साखिनेमा शहरी स्वास्थ्य केन्द्र सञ्चालन
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातारविता महत
भीमेश्वर नगरपािलकिा वडा नं ७ स्थित साखिनेमा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । स्थानीय जेष्ठ सदस्यहरु ९८ वर्षका चन्द्र वहादुर कार्की र ८४ वर्षीय श्रीमान तामाङले सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो । स्वास्थ्यमा नागरिकको सहजै पहुँच पु¥याउने उद्देश्यले केन्द्रको निर्माण गरिएको वडाध्यक्ष विनोद मोक्तानले बताउनुभयो ।
भीमेश्वर नगरपालिका वडा ७ का पूर्व वडा अध्यक्ष कैलास कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साखिने आधारभुत बिद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर पाण्डे, प्रधानध्यापक अम्बिका कार्की ,वडा न ७ का वडा सचिव ऋषि प्रसाद दाहालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा वडा न ३ को वडा कार्यालयले सेवा केन्द्रलाई आवश्यक स्वास्थ्य सामग्री समेत उपलब्ध गराएको थियो । सो सामग्री हस्तान्तरण वडा नं ३ का वडा सचिव लिला तामाङले गर्नुभएको थियो । साबिकाको वडा न १२ र १३ का करीव ३ सय घर धुरीले उक्त सेवा केन्द्रबाट स्वास्थ्य सेवा पाउने जनाइएको छ ।
स्वाास्थ्य सेवा हिजैबाट शुरु भएको छ ।
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददातासाउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...