४ बुदे सहमती पछि दोलखामा बन्द रहेका यातयात सुचारु
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातायातयात व्यवसायीको आन्तरिक द्धन्दका कारण दोलखामा सोमबारदेखी बन्द रहेको सार्वजनिक यातयात आज दिउसोबाट सुचारु भएको छ । पूर्व अरनिको यातायात र रोल्वालिङ यातायातबीच ४ बुदे सहमती भएपछि आज दिउसोबाट यातयात सुचारु भएको हो ।
आज जिल्ला प्रशासन कार्यलयमा भएको सहमती अनुसार यातयात अवरोधमा भएको झडपमा घाइते भएकाको उपचार गर्ने व्यवस्था मिलाउने र सोको एक अर्को पक्षले अस्वीकार गरेमा कानूनी कारवाहीको लागि आवश्यक प्रकृया अगाडी बढाउने सहमती भएपछि यातयात सुचारु भएको हो ।
सहमती अनुसार पूर्व अरनिको यातायात र रोल्वालिङ यातायात बीच विगतमा भएको समझदारीलाई हाल पनि कार्यान्वयन गर्ने,आजबाट निर्वाद रुपमा दुवै समितिले यात्रुबाहक बस संचालन गर्ने ,कोही कसैबाट अवरोध भएमा छानविन गरि आवश्यक कानूनी कारवाही अगाडी बढाउने रअरनिको यातायात र रोल्वालिङ यातायातबीच यि माथिका निर्णयहरुमा असहमति वा असमझदारि भएमा यतायत समितिबिच सहकार्य र सहमति गरि अगाडि बढ्ने निर्णय भएको हो ।
पूर्व अरनिको र रोलवालिङ यातायातबीचको विवादका कारण दोलखामा २ दिनदेखी सार्वजनिक यातायात प्रभावित बनेको थियो .
बन्द दुवै यातायातले एकले अर्कोलाई निषेध गरेका कारण दोलखामा लामो तथा छोटो दूरीका सार्वजनिक यातायात दुई दिनदेखि प्रभावित बनेको थियो .
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददातासाउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...