विहानदेखि अवरुद्ध सिंगटी सडक ५ बजे पछि खुल्ने
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा
विहानदेखि अवरुद्ध सिंगटी सडक अहिले ५ बजेबाट सुचारु हुने इलाका प्रहरी कार्यालय सिंगटीका इन्चार्ज सानु तमाङले जानकारी दिनुभयो ।यात्रुबाहक बसमा मृत फेला परेका सहचालकका आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आज दिनभर अवरूद्व सडक अहिले ५ बजेबाट सुचारु गर्ने तयारी भएको भइरहेको हो ।
मृतकका आफन्तले हत्या भएको भन्दै छानबिन र उचित क्षतिपूर्तिको माग गरेर सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै सिँगटी चरिकोट सडक अवरुद्ध पारेका छन् ।
कालिञ्चोक गाउँपालिका– ४ को दोलखा सिँगटी सडक खण्डको बञ्चरेमा बा २ ख ८३९ नम्बरको बसका सहचालक गौरीशंकर गाउँपालिका– ३ महताराका ४५ वर्षीय नारायणबहादुर खत्री असार १५ गते बिहान मृत फेला परेका थिए ।
मृतकका आफन्तले शव नबुझेपछि ३ दिनदेखि पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको आफन्त हरि बहादुर खत्रीले जानकारी दिनुभयो ।
हाल पीडित पक्ष र यातायात व्यवसायी बीच वार्ताको लागि जिल्ला प्रहरी कार्यालयले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । घटनाको आवश्यक अनुसन्धानको लागि ३ दिन अगाडि नै बसका चालकसहित सङ्कास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको छ ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...