मेलुङ गाउँपालिकामा जनसङ्ख्याभन्दा मतदाता धेरै
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
तारादेवी बस्नेत
दोलखाको मेलुङ गाउँपालिकामा जनसङख्या भन्दा मतदाताको सङख्या बढी भएको पाइएको छ । पालिकामा राष्ट्रिय जनगणना २०७८ अनुसार जनसङख्या भन्दा धेरै मतदाताको सङख्या भएको पाईएको हो । तथ्याङक विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पालिकामा जनसङख्या भन्दा २ हजार २ सय ६० जना बढी मतदाताको सङख्या रहेको पाईएको हो । १८ हजार १ सय ५३ जना मतदाता रहेको पालिकामा जनसङख्या भने १५ हजार ८ सय ९३ जना रहेको छ । जनगणनाका लागि पठाएका गणकहरुले राम्रो सँग गणना नगरेको कारण पनि मतदाता भन्दा कम जनसङख्या भएको हुन सक्ने मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङले जानकारी दिनुभयो ।
जिल्लामा १० वर्षको अवधिमा १३ हजार जनसङ्ख्या घटेको छ । राष्ट्रिय तथ्यांङक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार दोलखाको जनसंख्या १० वर्षमा १३ हजार ७ सय ९० ले घटेको देखाएको हो ।
२०६८ सालको जनगणना अनुसार दोलखाको जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ रहेको थियो । तथ्यांङक विभागले सार्वजनिक गरेको विवरण अनुसार दोलखाको जनसंख्या १ लाख ७२ हजार ७ सय ६७ छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...