भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

लम्पी स्किनका कारण दोलखामा ४२ पशु मरे, हजारौ पशु सङ्क्रमित ।

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

गाईवस्तुमा लाग्ने रोग ‘लम्पी स्किनका कारण दोलखामा ४२ वटा पशु मरेका छन् । जिल्लाको मेलुङ र शैलुङ गाउँपालिका बाहेक अन्य ७ वटा स्थानीय तहका ४२ वटा पशुहरु मरेका हुन् । गत चैत महिनादेखि असारको दोस्रो सातासम्मको तथ्याङ्क अनुसार महामारीको रुपमा फैलिएको रोगका कारण दोलखाका मात्रै ४२ पशु मरेका छन् ।
भेटेरीेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दोलखाका निमित्त प्रमुख पलट चौधरीका अनुसार भीमेश्वर नगरपालिकामा ५ सय ५६ पशुमा संक्रमण भएकोमा १४ पशु मरेका छन् । जिरी नगरपालिकामा १ सय १५ संक्रमण भएकोमा ४ तामाकोशीमा १ सय ९६ मा संक्रमण फैलिएकोमा ७ पशुको मृत्यु भएको छ । बैत्यश्वरमा १ हजार ५ सय १२ पशु संक्रमण भएकोमा ७ पशु मरेका छन् ।
कालिञ्चोक गाउँपालिकाका १ सय ५४ पशुमा संक्रमण भएकोमा ४ मरेका छन् भने विगुमा १ सय ५० मा संक्रमण फैलिएकोमा ५ पशु मरेका छन् । गौरीशंकरमा ९८ पशुमा संक्रमण भएकोमा १ पशु मरेका हुन् । जिल्लाको शैलुङ गाउँपालिकामा १ सय ५० र मेलुुुुुुुुुङ गाउँपालिकाका ५० पशुमा संक्रमण फैलिएको तर मृत्यु भने नभएको कार्यालयले जनाएको छ ।
जिल्लाका ९० प्रतिशत गाईहरुमा संक्रमण फैलिएको छ भने १० प्रतिशत मात्रै भैंसीमा फैलिएको पाइएको छ ।
जिल्लामा हाल २ हजार ८ सय ९० वटा पशुहरु संक्रमित भएका छन् । रोग नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दोलखाले सबै पालिकाहरुमा खोप वितरण गरेको छ भने जिल्लाका सबै स्थानीय सरकारले पनि महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यो रोग लागेका पशुमा उच्च ज्वरो आउने,दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, ¥याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन् । घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ले महामारीको रुप लिएको छ ।

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.