काँशीभन्दा त्रिवेणी घाटको महत्व बढी
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
परापूर्व कालमा भगवान राम, सीता र लक्ष्मण १४ वर्षको वनबासमा रहँदा चरणावती धाम (हाल दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ मा अवस्थित) मा पनि केही समय बसेको र सोही समयमा चरणावती नदी संगम स्थल (तामाकोशी र गोपीखोला नदीको समेत मिलनले त्रिवेणी) मा गई पौष कृष्ण पक्षको औंशी तिथीमा राम लक्ष्मणले आफ्ना दिवंगत पिता दशरथको पहिलो श्राद्व गरेको जनविश्वास रही आएको छ ।
त्यही समयदेखि रामले चरणावती त्रिवेणीमा मृत्यु भएका मानिसहरुको दाहसंस्कार गर्ने चलन पनि चलाएकोले यस स्थानलाई रामघाट भन्ने गरिएको हो । पितृ उद्दारको हिसाबले अत्यन्त महत्त्वपूर्ण यो पवित्र धार्मिक तीर्थस्थलमा श्राद्व नगरी अन्य तीर्थ स्थलमा गएर श्राद्व गर्न नहुने विश्वास रहिआएको छ । यसै विश्वास अनुरुप अहिले पनि धेरै टाढा टाढादेखि मानिसहरु आएर यस स्थानमा आएर पितृमोक्षका लागि श्राद्व गर्ने गर्दछन । विशेषगरि पौषे औंशीको दिन यस स्थानमा श्राद्व गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ ।
पितृ उद्वारको लागि भन्दै भारतको प्रख्यात धार्मिक तीर्थस्थल काँशी गयामा श्राद्व गर्न जानेहरु पनि पहिला यही चरणावती त्रिवेणी धाममा आइ श्राद्व गर्ने गर्दछन् । काँशीमा श्राद्व गर्न जाँदा त्यहाँका पण्डा गुरुहरुले पहिला चरणाावती त्रिवेणी रामघाटमा श्राद्व नगरि त्यहाँ आएर श्राद्व गर्न नहुने र गरिहालेमा पनि गरेको फल नपाइने र पितृ उद्वार पनि नहुने बताउने गरेको काँशी पुगेर फर्केका धेरै पितृ भक्तहरुको भनाइ रहेको छ ।
भारतको काँशीमा श्राद्व गर्न जानुभन्दा पहिले चरणावती त्रिवेणी रामघाट धाममा श्राद्व गर्दै चन्द्रनिगाहपुरका बासुदेव र गोपीनी पौडेल ।
दोलखाको प्रसिद्व धार्मिक स्थलहरु कालिञ्चोक भगवतीको चरणबाट उत्पति भई बगेको उत्तर बाहिनी चरणाावती नदी, भगवान शिव पार्वतीको बासस्थान मानिने गौरीशंकर हिमालको काखबाट उत्पत्ति भई बगेको तामाकोसी नदी र परापूर्व कालमा गोप र गोपीनीहरुले स्नान गर्ने ,जलकृडा गर्ने गोपी नदी गरि तीन वटा पवित्र नदीहरुको संगमस्थल र नजिकै शैलुङ्गेश्वर महादेव र शैलुङ्गेश्वर देवीको शिरबाट उत्पत्ति भई बगेको शैलुङ अँधेरी नदी रहेको चरणावती धाम धार्मिक तथा पितृ कार्यको लागि धेरै महत्त्वपूर्ण रहेको वरिष्ठ इतिहासविद् एवं नेपाल ऋषि जगमान गुरुङ बताउनुहुन्छ ।
यो स्थान नेपालको राजधानी काठमाडौ, भारतको सितामाढी र चीनको स्वशासित क्षेत्र तीब्बतको फलाकबाट समान दुरिमा रहेको छ ।ऐतिहासिक, धार्मिक तथा पौराणिक महत्त्व बोकेको चरणाावती त्रिवेणी रामघाट धामको व्यापक प्रचार प्रसार गर्न सके र धाम वरपरको वातावरणीय संरक्षण तथा विकास गर्न सके नेपाल मात्र नभएर चिन, भारत लगायत अन्य मुलुकबाट पनि वर्षेनी लाखौं धार्मिक पर्यटकहरु भित्र्याउन सकिने देखिन्छ । यस कार्यका लागि जिल्लाका सबै स्थानीय निकाय र सरोकारवालाहरुको उत्तिकै भूमिका र जिम्मेवारी रहन्छ ।
यो समाचार जनतापेजबाट साभार गरिएको हो । यसका लेखक शिव कुमार भुजेल हुनुहुन्छ ।
कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातामंसिर १४ कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको...
कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातामंसिर १४ कुटीडाँडामा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।...
जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन
समदृष्टि अनलाइन संवाददाताजनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री ...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
समदृष्टि अनलाइन संवाददातादोलखाको सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थहरु विक्री वितरण भई रहेको पाईएको छ...