दोलखामा कोरियन रोजगारीको अवस्था विषयक कार्यक्रम
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपालमा कोरियन भाषा परीक्षा निष्पक्ष हुने वैदेशिक रोजगार विभाग इपिएस कोरियन शाखा निर्देशक पुष्पराज कटवालले बताउनुभयो । कोरियन भाषा परीक्षाको निष्पक्षता,विश्वसनीयता एवँम पारदर्शीता लगायतका विषयमा दोलखा सदरमुकाम चरिकोट आयोजित चेतनामूलक कार्यक्रममा उहाँले भाषा परीक्षा सतप्रतिशत निष्पक्ष हुने दावी गर्नुभएको हो ।
भाषा परीक्षाका विषयमा स्पष्ट पार्दै निर्देशक कटवालले भन्नुभयो,“भाषा परीक्षा पास गरेपछि कोरिया जान पाइन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । भाषा परीक्षा पासभएको दुई बर्षभित्र रोजगार दाताले छनौट गर्छन् । छनौटमा नपर्न पनि सकिन्छ । भाषा परीक्षा पास हुँदैमा कोरिया जान पाइन्छ भन्ने भ्रमबाट मुक्तहुन पनि उहाले आग्रह गर्नुभयो ।
वैदेशिक रोजगारका लागि कोरिया जाने नेपाली नागरिकले नेपाली रुपैया १ लाख ५० हजार खर्च गर्नुपर्ने छ । पासपोर्ट बनाउने,विमा,हवाइ भाडा,स्वास्थ्य परीक्षण लगायत वैदेशिक रोजगारका लागि आवश्यक सबै कार्य गर्न यही खर्चबाट पूरा हुने उहाँले बताउनुभयो । नेपालमा वि.सं २०६४ साल भाद्र महिनमा इपिएस कोरिया शाखा स्थापनाभएपछि हाल ९८ हजार ८ सय ३४ नेपालीहरु कोरिया प्रवेश गर्न सफल भएका छन् । ती मध्य हाल ४५ हजार नेपाली जसमध्ये महिला ६ हजार ३ सय १३ मात्र रहेका छन् । वि.स. २०६५ सालमा इपिएस प्रणालीमार्फत ५६ जना नेपाली युवा रोजगारीका लागि कोरिया प्रवेश गरेका थिए ।
कार्यक्रमको अवसरमा वैदेशिक विभागका निर्देशक रमा भट्टराईले वैदेशिक श्रमिकका समस्या र अवस्थाका विषयमा जानकारी गराउनुभयो । उहाँका अनुसार १६ देशका कामदार कोरियाले भित्रयाउँछ । १६ देशमध्ये सबैभन्दा बढी कामदार नेपालले पठाउँदै आएको छ । २०७९ साउन देखि २०८० जेठ मसान्तसम्म २० हजार नेपाली कोरिया प्रवेश गरेका छन् । कृषि,पशुपालन र निर्माणका ३ क्षेत्रका लागि कोरियाले नेपाली कामदार माग गर्दै आएको छ ।
कार्यक्रममा कोरिया रिटर्नीहरुको पुनः एकीकरणका विषयमा परियोजना मेनेजर सहसम्योलले जानकारी गराउनुभयो । भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर,नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडा लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा बैदेशिक रोगजागार विभाग,इपिएस शाखा र कोरिया रिटर्नीहरुको पुनः एकीकरणका विषयमा जानकारी गराइएको थियो ।
जिल्लाको भीमेश्वर नगरपालिकाका जनप्रतिनिधि,विषयगत शाखा प्रमुख तथा नगरभित्रका माध्यमिक तहका सामाजिक विषयका शिक्षकहरुबीच कार्यक्रम गरिएको थियोे ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...