भर्खरै प्रकाशित: विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन धरमघरबासीको फेरिएको जीवन महङ्गो क्यामरा

लम्पी स्कीन रोग नियन्त्रणका लागि मेलुङको कृषक गोठ अभियान

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

लुम्पी स्किन रोगले महामारीको रुप लिन थालेपछि मेलुङ गाउँपालिका दोलखाले कृषक गोठ अभियान सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष हिरा कुमार थोकर र उपाध्यक्ष गायत्री आर्चायको नेतृत्वमा भेटेरीनरी डाक्टर विज्ञसहितको टोलीसहित गाउँपालिकाका विभिन्न वडामा गोठ अभियान सञ्चालनमा ल्याएको हो ।
सयौँको सङ्ख्ख्यामा गाईवस्तु मर्न थालेपछि गाउँपालिकाले सोमबारदेखि लुम्पी स्किन रोग विरुद्ध कृषक गोठ अभियान सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष हिरा थोकरको नेतृत्वमा मेलुङ गाउँपालिका वडा नं.१ पवटीबाट र उपाध्यक्ष गायत्री आचार्यको नेतृत्वमा मेलुङ गाउँपालिका वडा नं. ७ बाट अभियान शुरु गरिएको प्रवक्ता नवराज खड्काले बताउनुभयो । टिममा पशु विज्ञ सेवा केन्द्रका डाक्टर  ध्रुब डिसी, हेफर नेपालका शान्त भट्टराई,पशुसेवाकेन्द्र मेलुङका राष्ट्र श्रेष्ठसहितको टोली अभियानमा रहेको छ ।
अभियानमा रहनुभएका प्रवक्ता खड्काका अनुसार असारको समयमा गोरु विरामी भएकै कारण  किसानलाई रोपाई गर्न समेत समस्या भएको छ । किसानहरु खनेरै रोपाइँ गर्न बाध्य भएका छन् ।
मेलुङ गाउँपालिकामा हालसम्म ३ सय पशुमा यो रोग प्रमाणित भएको छ भने ५ भन्न्दा बढी पशुको मृत्यु भएको छ । यो रोग केहि दिन देखि मेलुङमा तीब्र गतिमा फैलिएको छ । हाल सम्म यो रोग विरुद्ध ९ सय पशुलाई खोप लगाईएको छ । खोपलाई तीब्र बनाउने गाउँपालिकाको योजना रहेको गाउँपालिका प्रवक्ता नवराज खड्काले बताउनुभयो ।

रोग लागेको ५ सय मिटर वरपर खोप लगाउँदा यसको नकारात्मक असर पर्ने भएकोले खोप लगाईसकेको क्षेत्रमामा सवाधानी नै महत्त्वपूर्ण रोगथाम भएको विज्ञको सुझाव रहेको छ ।

लम्पी स्कीन रोग लागेमा १०४ देखि १०७ डिग्री सम्म ज्वरो आउने, शरीरभरि डाबर आउने, खुट्टा ह्याकुलो सुनिने, शरीरको भित्री भागहरुमा समेत डाबर गिर्खा आउने र गोबरमा रगत देखा पर्ने लक्षणहरु देखिने विज्ञको भनाई छ । रोग लागेपछि दूध दिने पशुको ८० प्रतिशत दूध घट्ने र पशुको मृत्यु समेत हुने गरेको छ ।
लम्पी स्कीन भाईरसबाट सर्ने रोग भएकाले पशु गोठ वरपर सरसफाइ राख्नुपर्ने, पोषणयुक्त खानेकुरा प्रशस्त खुवाउने, झिंगा, लामखुट्टे, किर्नाले टोक्न नदिने, पशु खरिद बिक्री नगर्ने र संक्रमित पशुलाई छुट्टै राखी उपचार गनु पर्ने बताएका छन् ।

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

.