कुप्रीमा एक बोटमा मात्र हजार केजीभन्दा बढी लिची फल्यो
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका वडा नं ७ कुप्रीमा एक बोटमा १ हजार केजीभन्दा बढी लिची फलेको छ । कुप्रीका चन्द्र बहादुर बुुढाथोकीले करिब ४० बर्ष अगाडि रोपेको एक बोटबाट १ हजार किलोभन्दा बढी लिची उत्पादन भएको हो
रोपेको ५ वर्षपछि फल्न शुरु गरेको लिची आफन्तलाई बाँडेर सकिन्थ्यो,यो वर्ष ३ सय केजी बेचिसक्यौं २ सय केजीभन्दा बढी आफन्त इष्टमित्रलाई वितरण गर्छौ । अझै ४ सय जति बोटमै होला – कृषक बुढाथोकीले भन्नुभयो ।
३५ वर्षको उमेरमा गाउँकै एक नर्सरीबाट ५ वटा कलमी विरुवा सारेका ७५ वर्षीय बुढाथोकीको एउटामात्रै विरुवा बाँचेको थियो । त्यही बोटबाट अहिले हजारौ केजी लिची उत्पादन भएको हो ।
अहिले कुप्रीका एक दर्जभन्दा बढी कृषकले लिची रोपेका छन् । किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा लिची खेती गर्न सके जीवन स्तरमा सुधार हुने स्थानीय युवा राजेश बुढाथोकीले बताउनु भयो ।
किसानले फलाएको लिचीलाई प्रतिकिलो २ सय रुपैयामा विक्री गर्न पाएपछि कृषक निक्कै खुसी छन् । बोटबाट नै खरिद हुँदै आएपछि किसान खुशी भएका हुन् । कुप्रीमा उत्पादन हुने लिची स्थानीय चरिकोट बजारमा खपत हुँदै आएको छ । दोलखामा उत्पादित लिची राम्रो भएकाले बजारका लागि समस्या नहुने लिची किसान राजेश बुढाथोकीको भनाइ छ ।
व्यवसायिक रुपमा लिची उत्पादन गर्न चाहने युवाहरुका लागि वडाको तर्फबाट सहयोग गर्ने वडाध्यक्ष विनोद तमाङको भनाइ छ । वडाले कृषी उत्पादनलाई विशेष प्राथमिकतामा राखेर काम गरेको छ । वडाको भेग र भूगोल हेरेर कृषिको व्यवसायिकरण गर्छौ–वडाध्यक्ष तमाङले बताउनुभयो ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...