भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

नेपाल मानव धर्म सेवा समितिको आश्रममा भानुजयन्ती विशेष कार्यक्रम

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

नेपाल मानव धर्म सेवा समिति दोलखा शाखाले स्रष्टाको सम्मान र रचनावाचन सहित भानुजयन्ती कार्यक्रम मनाएको छ । २१० औ भानु जयन्तीको अवसर पारेर समितिको आश्रम चरिकोटमा दोलखाली स्रष्टा कवि विष्णु सुवेदी र बालकृष्ण थपलियालाई सम्मानसहित कार्यक्रम गरेको हो ।
दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाई,कवि विष्णु सुवेदी,कवि तथा गजलकार जीत कार्की लगायतले मन्तव्यसहित रचनावाचन गर्नु भएको थियो । नेपाल मानव धर्म सेवा समितिका केशव प्रसाद चौलागाई र राजन पकवालले वर्तमान अवस्थामा मानव धर्मको सान्दर्भिकताको सवालमा मन्तव्य व्यक्त गर्नुभयो ।

मानव धर्म सेवा समिति चरिकोट शाखाका प्रमुख विणा वाइजीको अध्यक्षतामा भएको कार्यक्रममा भानुभक्तका सिर्जना जीवन सार्थक बनाउन उपयोगी बनाउन वक्ताहरुले जोड दिए । कार्यक्रममा महात्मा शिवानन्द र मानवी वाइजीले आर्शीरवचन दिनु भएको थियो ।

कार्यक्रममा द राइजिङ स्टार  स्कुलका बालबालिकाले भानुभक्तको कृतित्व र व्यक्तित्वसहितका मन्तव्य लगायत रचना वाचन गरेका थिए । कार्यक्रममा दिपिका सापकोटा,नविना खतिवडा,रेविका ढुङगेल,ऋचा दुलाल,कालिनाग माध्यमिक विद्यालय सुनखानीकी पूर्णिमा शिवाकोटीले पनि रचना वाचन गरे ।
कार्यक्रमको सहजीकरण नेपाल मानव धर्म सेवा समिति शिक्षा अभियान प्रमुख नवराज शिवाकोटीले गर्नुभएको थियो ।

कार्यक्रममा  नेपाल रेडक्रश सोसाइटी दोलखाका पूर्व अध्यक्ष गोकर्ण प्रसाद पोखरेल, पत्रकार, द राइजिङ स्टार  स्कुलका शिक्षक, विद्यार्थी,पत्रकार,नेपाल मानव धर्म सेवा समिति दोलखा, सेवा समिति सुन्द्रावती शाखा,सिंगटी,नाम्दु,लगायत जिल्लाका विभिन्न भुगोलबाट भक्तप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.