जेष्ठ नागरिकको घरघरमै स्वास्थ्य सेवा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका वडा नं ५ ले जेष्ठ नागरिकको घरघर पुगेर स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नं ५ तल्लो माटीका १०२ वर्षका टेक बहादुरको स्वास्थ्य परीक्षणबाट सेवा शुरु गरेको हो ।
सामान्य उपचारका लागि स्वास्थ्य संस्था जान कठिन भएका वृद्धवृद्धालाई घरमै उपचारको व्यवस्था भएपछि जेष्ठजन निक्कै खुसी छन् – स्थानीय सूर्य थापाले भन्नुभयो । सामान्य रोग पनि पहिचान गर्न नसक्दा जेष्ठ नागरिकले निक्कै पीडा भोग्नु परेको थियो । घरघरमै पुगेर सेवा दिने कुराले जेष्ठ नागरिक हर्षित छन् उहाँले भन्नुभयो ।
मासिक रुपमा वडाका ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरी औषधीसमेत वितरणको कार्यक्रम रहेको वडाध्यक्ष बासु श्रेष्ठले बताउनु भयो । वडाध्यक्ष श्रेष्ठका अनुसार वडा अन्तरगतका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमंसेवीकाहरु प्रत्येक महिना जेष्ठ नागरिकका घरमा पुगेर सेवा प्रदान गर्ने छन् । जटिल रोग भएमा उपयुक्र्त स्वास्थ्य संस्थामा रिफर गर्ने छन् भने सामान्य रोगका लागि औषधी वितरण गर्ने छन् ।
आज वडाको तल्लो माटी र भट्यौलीका १५ जना जेष्ठ नागरिकको ब्लड प्रेसर,ज्वरो,शरीरमा अक्सिजनको मात्रा लगायतको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधी प्रदान गरेको वडाले जनाएको छ । वडा नं ५ मा ७० वर्षमाथिका ३ सय जेष्ठ नागरिक रहेका छन् ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...