पुष्पलालको स्मृतिमा क्याम्पस परिसरमा वृक्षारोपण
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा
साउन ५
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृतिमा गौरीशङ्कर बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ ।
मदन–आश्रित स्मृति प्रतिष्ठान दोलखा शाखा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु दोलखाले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् । क्याम्पस परिसरमा धुपी,कल्की,जराकाण्ड र कपुर जातका विरुवा रोपिएको मदन–आश्रित स्मृति प्रतिष्ठान दोलखा शाखाले जनाएको छ ।
मदन–आश्रित स्मृति प्रतिष्ठान दोलखा शाखा दोलखाका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्य भरत बहादुर केसीले विरुवा रोपेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, उपसचिव धर्मेन्द्र मोक्तान र सुन्दर कार्की, गौरीशङ्कर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्त केसी, अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार ढुङ्गेल, अनेरास्ववियु दोलखाका संयोजक जिपछिरीङ शेर्पा,अनेरास्ववीयूका केन्द्रीय तथा जिल्ला स्तरका नेता लगायत क्याम्पसमा अध्ययनरत विद्यार्थीको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...