भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

अध्यक्षविरुद्ध परेको उजुरीप्रति प्रेस चौतारी दोलखाको आपत्ति

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतविरुद्ध नेपाल प्रहरीको साईबर ब्यूरोमा उजुरी दर्ता गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल दोलखा शाखाले आपत्ति जनाएको छ । अध्यक्ष बस्नेतविरुद्ध उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट विहिवार नेपाल प्रहरीको साईबर ब्यूरोमा साइबर क्राइममा फसाउन भन्दै उजुरी दर्ता गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल दोलखाले भत्र्सना गर्दै विज्ञप्ती जारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै सुरक्षा जाँच पासगरी ठूलो परिमाणमा भएको सुन तस्करी गृह नेतृत्वसहित उच्च अधिकारीहरुको संलग्नताबिना सम्भव नहुने विषयमा सामाजिक सञ्जालनमा अध्यक्ष बस्नेतले दिएको अभिव्यक्तिलाई लिएर गृहमन्त्रीकै सचिवालयका सदस्यले प्रहरीमा उजुरी दिनु आपत्तिजनक भएको प्रेस चौतारी नेपाल जिल्ला शाखा दोलखाका सचिव तारा बहादुर महतको हस्ताक्षरसहित  जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

चौतारी दोलखा शाखा सचिव महतद्धारा हस्ताक्षरित विज्ञप्तीमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफूमाथि उठाईएको विषयमा प्रष्ट पार्नुको सट्टामा प्रेस चौतारीका अध्यक्षलाई फसाउने षड्यन्त्रसहित प्रहरीमा जबर्जस्ती उजुरी दर्ता गराउने तहको गैरजिम्मेवारपूर्ण कामप्रति प्रेस चौतारी नेपाल खेद व्यक्त गर्दछ भनिएको छ ।

शासनसत्ताको बागडोर आफ्नै हातमा लिएका तात्कालीन राजाको आतङ्क र धम्कीसामू नझुकेको प्रेस चौतारी नेपाल र यसको नेतृत्व गृहमन्त्रीको धम्की वा आतङ्कपूर्ण व्यवहारबाट किमार्थ डराउनेवाला छैन विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र वाक स्वतन्त्रताको समेत विरुद्धमा भएकोले तत्काल उजुरी फिर्ता लिइ माफी माग्न समेत प्रेस चौतारी दोलखाले गृहमन्त्रीलाई आग्रह गरेको छ  । सङ्गठनका अध्यक्षलाई फसाउन रचिएका सबै पडयन्त्रबारे प्रेस चौतारी जानकार रहेको भन्दै थप जिस्क्याउने काम भएमा त्यसबाट उत्पन्न हुने परिणामप्रति गृहमन्त्री नै जिम्मेवार हुने समेत विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ केन्द्रले पनि प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतमाथिको उजुरी विरुद्ध विज्ञप्ती जारी गरेको छ ।

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.