गौरीशङ्कर क्याम्पस चरिकोटमा विद्यार्थीका लागि डिजिटल हाजिरी
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखा,
साउन ७
दोलखाको गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटले विद्यार्थीहरूका लागि डिजिटल हाजिरी सुरू गर्ने भएको छ । विद्यार्थीको उपस्थितिलाई थप व्यवस्थित गर्न जिल्लामै पहिलो पटक डिजिटल हाजिरी सुरू गर्न लागेको हो ।
विद्यार्थीहरूको नियमितताको अद्यावधिक गर्ने,जुनसुकै समयमा क्याम्पस प्रशासनले निगरानी गर्न पाउने र अभिभावलाई छोराछोरीको उपस्थितिका विषयमा जानकारी गराउन सहज हुने लगायतका उद्देश्यहरू राखेर क्याम्पसमा डिजिटल हाजिरी सुरू गर्न लागिएको क्याम्पस प्रमुख शान्त केसीले बताउनुभयो ।
क्याम्पसमा प्रत्येक सातदिनमा विद्यार्थीको हाजिरी हेर्छौ र विद्यार्थी अनुपस्थित भएमा अभिभावकलाई खबर गर्छौ । यो कार्यक्रमले शैक्षिक गुणस्तरलाई समेत सहयोग पुग्नेछ,–उहाँले भन्नुभयो ।
क्याम्पसले प्रदान गरेको परिचयपत्र मार्फत हाजिर गर्ने व्यवस्था गरेका छौ. । अनलाइन इ–हाजिरी सुरू गराएपछि विद्यार्थीहरूको नियमितता हुने, नयाँ प्रविधि भएकोले विद्यार्थी र अभिभावकसमेत उत्साहित भएका छन् –क्याम्पस प्रमुख केसीको भनाइ छ ।
यो वर्षदेखि विद्यार्थीका लागि क्याम्पस पोशाक अनिवार्य गर्ने र विद्यार्थीको अनुशासन कायम गर्न अनुशासन प्रमुखकोसमेत व्यवस्थापन गर्ने तयारी भएको क्याम्पसका सहायक क्याम्पस प्रमुख सुवास रिमालले बताउनुभयो ।
क्याम्पसले शिक्षण सिकाइ सहजीकरणका लागि प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ । विगतका वर्ष देखि नै विद्यार्थीको प्रविधिमैत्री सिकाइको लागि हरेक कक्षा कोठामा इन्टरनेटको पहुँच पुग्ने गरी व्यवस्थापन गर्दै आएको छ । कक्षा ११ का विद्यार्थीलाई लक्षित गरी आधारभूत कम्युटर कोर्ष निशुल्क प्रदान गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ ।
क्याम्पसले विद्यार्थी भर्ना, शुल्क भुक्तानीसंगै विद्यार्थीका शैक्षिक प्रमाणपत्रहरु सपटवेयर प्रणाली मार्फत व्यवस्थापन गर्दै आएको छ । क्याम्पसले विद्यार्थीलाई शुल्क तिर्न भौतिक रुपमा उपस्थित हुनु पर्ने वाध्यता नभएको क्याम्पसका लेखा प्रमुख राजकुमार सुवेदीको भनाइ छ । क्याम्पसका कुल विद्यार्थी मध्ये ४० प्रतिशत विदयार्थीले अनलाइन भुक्तानी गर्ने गरेको क्याम्पसको तथ्याङ्क रहेको छ ।
हिमाली जिल्लाकै सबैभन्दा ठूलो र पुरानो गौरीशंकर बहुमुखी क्याम्पसमा कक्षा ११ र १२ मा शिक्षा,मानविकी,व्यवस्थापन र कानुनका विषयको पढाइ हुने गरेको छ भने स्नातक तहमा विएड,विविएस र विए एवं स्नातकोत्तर तहमा एमएड र एमविएस कार्यक्रम सञ्चालन भइरहेका छन् । हाल क्याम्पसमा १ हजार ५ सय विद्यार्थीहरु अध्ययरत छन् ।
क्यासम्पसले विश्व विद्यालय अनुदान आयोगले तोकेका सूचक पूरा गरी गुणस्तरयुक्त क्याम्पसका रुपमा आफूलाई स्थापित गर्दै छ भने अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्तितर्फ पनि क्याम्पस अग्रसर भइरहेको छ । ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...