सामाजिक शिक्षकहरुका लागि अनलाइनमा बालसंरक्षण विषयक सचेतीकरण
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
विनिता शिवाकोटी
साउन १०
सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण बालबालिकामा नकारात्मक असर परेको दोलखामा आयोजित छलफल कार्यक्रमका सहभागीले बताएका छन्् । भीमेश्वर नगरपालिकाका सामाजिक विषयका शिक्षकहरुका लागि सिविन नेपालले आयोजना गरेको एक दिवसीय छलफल कार्यक्रममा एकल परिवार र व्यस्त अभिभावक अनि इन्टरनेटको सहज पहँुचका कारण बालबालिकामा सामाजिक सञ्जालको लत बढ्दै गएको निष्कर्ष निकालेका हुन् ।
इन्टरनेट तथा सामाजिक सञ्जालबाट हुनसक्ने अपराध न्युनीकरणका लागि सामाजिक सञ्जालको सुरक्षित प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले सामाजिक शिक्षकहरुका लागि अनलाइनमा बालसंरक्षण सम्बन्धी १ दिवसीय छलफल कार्यक्रम आयोजना गरिएको सिविन नेपालका अध्यक्ष माधव प्रधानले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरले बालबालिकामा हुने सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणको मुख्य जिम्मेवार अभिभावक नै भएको धारणा राख्नुभयो । समयमा नै अभिभावक सचेत नहुने हो भने भविष्यमा ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ उहाँले ध्यान केन्द्रित गराउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख मानन्धरले सभ्य समाज निर्माणको आधार बालबालिका भएकाले सत्मार्गमा लैजाने वातावरण बनाउन नगरको तर्फबाट नीतिगत सुधार गरेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छलफल कार्यक्रममा भीमेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले सामाजिक सञ्जालको दुरुपयोग हुन नदिन विद्यालयका कक्षा कोठामा सचेतीकरणका कार्यक्रम बारम्बार हुनुपर्ने धारणा राख्नुभयो ।
सामाजिक सञ्जालले बालबालिकालाई मनोसामाजिकरुपमा गम्भीर समस्या परिरहेकोले विद्यालयहरूले अनलाइन सिकाइ शैली फरक, सिर्जनात्मक, व्यवहारिक बनाउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । प्रयोगात्मक सिकाइ बालबालिकाको लागि बढी प्रभावकारी हुने हुँदा विद्यालयले सिर्जनात्मक उपाय अपनाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा इन्टरनेट तथा सामाजिक सञ्जालबाट हुनसक्ने अपराध,सामाजिक सञ्जालको सुरक्षित प्रयोग,फाइदा दुरुपयोग गरेमा उजुरी,निवेदन तथा जाहेरी र सजायँ र सरोकारवालाको भूमिका विषयमा ओसेलिप परियोजनाका व्यवस्थापक सरिन वैद्यले सहजीकरण गर्नुभएको थियो ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण बालबालिकामा पठन संस्कृतिको कमी,सामाजिकीकरणरमा समस्या,संस्कार संस्कृति र चलनचल्ती मूल्यमान्यतामा कमजोर बन्दै गएको भन्दै सामाजिक शिक्षकहरुले जानकारी गराएका थिए । अनलाइन बालसंरक्षण नीति स्थानीय पाठ्क्रम र विद्यालय सुधार योजनामा समावेश गरेर लानुपर्ने विषयमा शिक्षकले सुझाव दिए ।
केन्द्रिय साइबर ब्यूरो काठमाण्डौंका अनुसार ४ बर्षको अवधिमा वि.स.२०७६ देखि २०८० को साउन १० गतेसम्मको तथ्याङक अनुसार सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी ३ सय ४५ उजुरी परेका छन् । जसमध्ये महिला २३ रहेका छन् । सामाजिक सञ्जालकै कारण ४२ जनाले आत्महत्या गरेका छन् । सिविन नेपालको अध्ययन प्रतिवेदन अनुसार बालशोषण सामग्री बढ्दो रुपमा बालबालिकाद्वारा नै उत्पादन भइरहेको छ । यसमा पनि बालिकाभन्दा बालकको सङ्ख्या बढी रहेको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...