दोलखाका सरकारी कार्यलय धमाधम छिमेकी जिल्लामा गाभिदै ,जिल्लाका सांसद र स्थानीय सरकार मौन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखाका सरकारी कार्यलय धमाधम छिमेकी जिल्लामा गाभ्न थालेपछि दोलखाका नागरिक अभियताहरुले आन्दोलनको घोषणा गरेका छन ।
नागरिक अभियन्ताहरुले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना चरिकोटबाट रामेछापमा गाभ्ने निर्णय सच्याउन माग गदै बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश सरकार र संघीय सरकारमा ध्यानाकर्षण गराउन आग्रह गरेका हुन ।
अन्यत्र जिल्लामा कार्यलय रहदा सेवाग्राहीलाई मर्का परेको, टाढाका जिल्लामा रहेको कार्यलयबाट कर्मचारी फिल्डमा नियमित नआई सेवाग्राहीलाई दुख दिने गरेको, कमिशन तथा भष्ट्राचार बढेको गुनासो आएको भन्दै जिल्लामा रहेको कार्यलयलाई अन्यत्र नगाभिदिन आग्रह गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापन पत्र बुझाउदै दोलखाका नागरिक अभियन्ताहरुले चरिकोट मुडे सडकको ठेक्का तोडिएकोमा स्वागत गदै उक्त सडकममा तत्काल नयाँ ठेक्का लगाउन माग समेत गरेका छन ।
साथै पछिल्लो समय जिल्लामा बढेको सार्वजनिक जग्गा अतिक्रमण रोकी त्यसको व्यवस्थापन गर्न र चरिकोटको बजारको ट्राफिक व्यवस्थापनमा सरोकारवाला बीच सर्वपक्षीय बैठक बसी निर्णय लिन समेत माग गरेका छन ।
५ दिनमा माग पुरा नभए दबाबमुलक आन्दोलन सुरुवात गर्ने घाोषणा समेत गरेका छन ।
माग पुरा नभए साउन १६ गते प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको कार्यलयमा तालाबन्दी गर्ने , साउन १८ गते जिल्लाबाट प्रदेश र संघीय सरकार मार्फत चलिरहेका सरकारी कार्यलयका प्रमुख तथा सुचना अधिकारीलाई टेलिफोन मार्फत जिल्लाबासीले भोगिरहेका समस्या सुनाउने लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन ।
पहिलो चरणको आन्दोलनको माग पुरा नभए दोस्रो चरणमा थप कडा संर्घषका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन ।
प्रदेश सांसद र सघिय सांसदले पहल नगर्दा पछिल्लो समय दोलखाका सरकारी कार्यलय धमाधम अन्यत्र जिल्ला गाभिने क्रम बढदो छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...