गेहेन्द्र आचार्यको अध्यक्षतामा राहत शिक्षक भीमेश्वर नगर समिति गठन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा
नेपाल राहत शिक्षक भीमेश्वर नगर समितिको दोस्रो अधिवेशनले गेहेन्द्र आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको सहअध्यक्षमा जमुना कार्की,वरिष्ठ उपाध्यक्षमा किशोर कुमार श्रेष्ठ,उपाध्यक्ष सोफिया खड्का,सचिव पदमराज थामी,सहसचिव राम प्रसाद सुवेदी र कोषाध्यक्षमा गोपाल मिश्र चयन हुनु भएको हो । अधिवेशनले शारदा चौलागाईं,निकिता श्रेष्ठ,दिनेश थापा,ज्ञान बहादुर रेग्मी,कविता अधिकारी थापा र सविता कार्कीलाई सदस्यमा सर्वसम्मत चयन गरेको छ ।
राहत शिक्षक जिल्ला कार्यसमिति दोलखाका पूर्व अध्यक्ष श्याम मैनालीकोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि मैनालीले राहत शिक्षकलाई राज्यले विभेद गरेको गुनासो गर्नभयो । शिक्षकहरुका संघ संगठन,महासंघ,अनि जनप्रतिनिधि सबैले राहत शिक्षकलाई हेयको दृष्टिकोणले हेर्ने गरेको अनुभव उहाँले सुनाउनुभयो ।
अरुले गरेको व्यवहारप्रति हीन भावना नराखी उच्च मनोबलका साथ कर्तव्य निर्वाह गरी शिक्षण सहजीकरणमा आफूलाई अब्बल बनाउन समेत शिक्षकहरुलाई मैनालीले आग्रह गर्नु भयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राहत शिक्षक जिल्ला कार्यसमिति पूर्व अध्यक्ष बालकृष्ण खड्काले राहत शिक्षकको हकहितका लागि पटकपटक आन्दोलन गर्दै आएको अनुभूति गर्दै फेरि पनि सडकमा उत्रन तयार भएर बस्न शिक्षकलाई अनुरोध गर्नुभयो ।
राहत शिक्षक जिल्ला कार्यसमिति दोलखाका सदस्य केदार चौलागाईको अध्यक्षतामा भएको अधिवेशनमा समापन मन्तव्य राख्दै चौलागाईँले आन्दोलनकै कारण राहत शिक्षकले धेरै उपलब्धी हासिँल गरेको स्मरण गर्दै आन्दोलन रहर नभएपनि आन्दोलनले दिने प्रतिफल मीठो हुने भएका कारण अबको विकल्प आन्दोलन मात्र भएको धारणा राख्नुभयो ।
कार्यक्रममा भीमेश्वर नगरपालिका भित्र रहेका राहत शिक्षकहरुको उपस्थिति रहेको थियो । भीमेश्वर नगरपालिकामा ६२ जना राहत शिक्षक रहेका छन् भने जिल्लाभर ४ सयभन्दा बढी राहत शिक्षकहरु रहेका छन् ।
देशभरका सामुदायिक विद्यालयमा विभिन्न तहमा गरी ४० हजारभन्दा राहत शिक्षक कार्यरत छन्। पेसागत स्थायित्व र सुरक्षाका लागि लामो समयदेखि आन्दोलन गर्दै आए पनि माग सम्बोधन हुन नसेकपछि राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनको तयारी गरिरहेको छ । उमेर हदका कारण यो वर्ष मात्र ५९ जना शिक्षकहरु रित्तोहात घर फर्कन बाध्य भएका छन् ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...