पत्रकार महासंघमा आर्थिक अनियमितता भएको भन्दै प्रेस चौतारी नेपालको ध्यानाकर्षण
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको नेतृत्वले आर्थिक अनियमितता लगायत पदको चरम दुरुपयोग गरेको भन्दै प्रेस चौतारी नेपाल दोलखाले ज्ञापनपत्र बुझाएको छ ।
महासङ्घ नेतृत्वले गरेको आर्थिक अनियमितता लगायत अबाञ्छित गतिविधि रोक्न माग गर्दै आईतबार प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतको टोलीले महासङ्घका अध्यक्ष दिपशङ्कर चौलागाँईलाई ज्ञापनपत्र बुझाएको हो । पत्रकार महासङ्घ बागमती प्रदेश समितिको जिरीमा सम्पन्न साधारणसभामा व्यवस्थाकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा सङ्कलित आर्थिक श्रोतको संस्थागत अभिलेख नराखी हिसाब सार्वजनिक नगरेको, पत्रकार महासङ्घको नाम जोडेर महासङ्घको बदनाम हुनेगरी अध्यक्ष चौलागाँईले विभिन्न सार्वजनिक निकायबाट व्यक्तिगत रुपमा लाभ लिएको विषयमा पारदर्शी रुपमा हिसाब किताब सार्वजनिक गर्न प्रेस चौतारीले माग गरेको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा सञ्चालित सहायता कक्षबाट भएको आम्दानीको अनियमितता गरेको, कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा पत्रकार महासङ्घको लोगो र बैंक खाता दुरुपयोग गरी भएको आम्दानी राजनीतिक रुपमा भागबण्डा गरेको, सरकारी तलब खाने शिक्षक रहेका अध्यक्ष चौलागाँई विद्यालय समयमा विभिन्न कार्यक्रममा उपस्थित हुने र विद्यालयमा समेत हाजिरी गरी गैरजिम्मेवार बनेको विषयमा प्रेस चौतारीले गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
कार्यालयमा गैरकानुनी रुपमा कर्मचारी नियुक्त गरी घरेलु कामदारको रुपमा अध्यक्षले निजी काममा लगाएको, कार्यालय समयमा पनि महासङ्घको कार्यालय खुल्ला नराखेको, कार्यालयमा रहनुपर्ने कागजातहरु निजी सम्पत्तिझैं अध्यक्षको घरमा राख्ने गरेको, कार्यालय व्यवस्थित नगरिएको लगायतका विषयमा १६ बुँदे ज्ञापनपत्र बुझाईएको छ ।
ज्ञापनपत्रमा उल्लेखित विषयमा तीन दिनभित्र यथार्थ विवरणसहितको हिसाबकिताब सार्वजनिक नगरे कानुनी कारबाहीसहित कार्यालयमा तालाबन्दीदेखि कडा भन्दा कडा आन्दोलन गर्ने प्रेस चौतारी दोलखाले चेतावनी दिएको छ ।
ज्ञापनपत्र बुझ्दै महासङ्घका अध्यक्ष चौलागाँईले प्रेस चौतारीले उठाएका विषयमा कार्यसमितिको बैठक बसेर निष्कर्षमा पुग्ने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखा र पत्रकार महासङ्घको बागमती प्रदेश समिति र केन्द्रीय कार्यसमितिलाई समेत बोधार्थ रहेको ज्ञापनपत्र आईतबार नै प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई पनि हस्तान्तरण गरिएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...