भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

विपन्न सुत्केरी महिलालाई नगरपालिकाको सहयोग

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

बुना घिमिरे

भीमेश्वर नगरपालिका दोलखाले सुस्पा क्षमावतीकीे सुत्केरी महिलालाई खाद्यान्न तथा पौष्टिक आहार प्रदान गरिएको छ । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ क्षमावतीकी अति विपन्न सावित्रा थामीलाई भीमेश्वर नगरपालिकाले खाद्यान्न तथा पौष्टिक आहार सहयोग गरेको हो  ।

केही दिन अगाडि सुत्केरी भएकी थामीको घरमा खाद्यान्न तथा पौष्टिक आहार नभए पछि नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर सहित टोली शनिबार घरमै पुगेर २० हजार बराबरको खाद्यान्न तथा पौष्टिक आहार र ५ हजार नगद सहयोग गरेको हो ।ज्याला मजदुरी गरेर परिवारको गुजार चलाइ रहेका श्रीमान जेल परे पछि थामीको परिवारमा समस्या परेको थियो । सावित्राले श्रीमान जेल परेको र आफू गर्भवती भएका कारण ज्याला मजदुरीको काम गर्न नसकेको गुनासो गरे पछि नगरपालिकाले केहि महिना अघि १० हजार सहयोग गरेको थियो ।

समस्यामा परेकी सुत्केरीलाई बचाउनु हाम्रो कर्तव्य हो, दीन दुखीको उद्वार गर्ने जिम्मेवारी पनि नगरको भएकाले सहयोग गरेका हौःनगरपालिका प्रमुख मानन्धरले भन्नुभयो । सामाग्री सहयोग पाएसंगै सुत्केरी थामी खुसी हुदै स्थानीय सरकारले सहयोग गरेकोमा खुसी हुनुभयो ।

सुत्केरी अवस्थामा रहेकी ३२ वर्षीया सावित्रीको परिवारको उद्वारको लागि छिमेकीहरुले समेत सकेको सहयोग गर्दै आएका छन् ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.